१९ मंसिर २०८१, बुधबार | December 4, 2024

राजनीतिमा छाडातन्त्र हावी,अबको बिकल्प के ?


November 8, 2024
3.9k
Shares

संजिब गुरुङ्ग । देशमा देखिएको राजनीतिक अस्थिरता र विचलनले दिनहुँ जसो समाजमा हरेक तहमा छाडापन बढ्दै गइरहेको आभास हुन थालेको छ ।  राजनीतिक अस्थिरताले गर्दा सर्वसाधारण प्रत्येक दिन विभिन्न प्रकारका सास्ती भोग्न त बाध्य छन् त्यही बाध्यताका कारण नयाँ गन्तव्य खोज्दै जाँदा परदेशिनीको लर्को कहाली लाग्दो छ ।

मौकाको फाइदा उठाएर ठग्नेहरूको भिड पनि बाक्लै देखिन्छ । हरेक तहमा सर्वसाधारण ठगिएको नै देखिन्छ राजनीतिक भागबण्डा नमिल्दा तेरो र मेरोमा राजनीति चल्दा,नयाँ पुस्तामा राजनीतिक पुस्तान्तरण नहुँदा र राजनीतिक चेतना नहुँदा पुरानै ढाँचा र शैलीमा देशको राज्य सत्ता चलिरहँदा राज्यले पाउने होस् या व्यक्तिले पाउने सम्पूर्ण सुविधाहरु कटौती भएको हो । र देश झन् गरिबीको रेखामुनि धकेलिदै गएको हो । देशका सुरक्षा संयन्त्र होस् या निजामती प्रशासन होस् या न्यायालय राजनीतिक भागबण्डामै ब्यस्त देखिन्छ । सत्ता परिवर्तनसँगै फेरिने नयाँ अनुहार र उही पुरानै प्रविधिले देशको नीति चल्दै गर्दा हरेक दिन नयाँ ढङ्गको अराजकता समाजमा प्रष्ट देखिन्छ । जाति र धर्मको घेरा, धनी र गरिबको घेरा सानो र ठूलोको घेरा बनाईकन समाजमा एकअर्कामा लडाएर फाइदा लिनेहरूको संख्या पनि बाक्लै देखिन्छ ।

समय सँगसँगै बदलिएको वास्तविकतालाई हेर्ने हो भने अन्य धेरै राष्ट्रहरूमा देखिएको अस्थिरता नेपालमा पनि अलिअलि झल्को आएको हो भन्न सकिन्छ । देशको प्रधानमन्त्री परराष्ट्रमन्त्री जस्तो गरिमामय पद बोकेका राष्ट्रका नेतृत्वकर्ताहरू विदेश भ्रमणमा जाँदासम्म डरमर्दो अवस्था देखिन थालेको छ । उनीहरु पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन पाएनन् । देशभित्रै पनि कहिँकतै पुग्दै गर्दा त्यहाँ पनि डरमर्दो अवस्था छ । नेतृत्वले सुरक्षित महसुस गर्न पाउँदैनन् । छाडा ढंङ्गले लगाउने नारा छाडा शब्दहरू यत्रतत्र देखिन्छ ।

यसरी देशमा छाडापन आउँदै गर्दा आज सत्ता बाहिर बसेका र सत्ताभित्र बसेका अग्रजहरूको चेतनामा कुनै परिवर्तन आएको छ न त सर्वसाधारणमा चेतना नै यसरी नै छाडापन मौलाउँदै जाने हो भने अब आउने पुस्ता के को शिकार बन्ने हो थाहा छैन् । आज एउटा साधारण नागरिक भएर उभिँदै गर्दा मेरो व्यक्तिगत धारणालाई मैले समाजमा राख्दै गर्दा आज देशमा चारवटै सुरक्षाका सुरक्षा प्रमुखहरू एकै ठाउँमा उभिएर मन वचन र कर्मले एक भई राज्य सत्तामा बसेका होस् या सत्ता बाहिर भएका कसैको कुरा नसुनी यो देश र सर्वसाधारण जनताको लागि आफ्नै बलियो नीति र आधार बनाई देशलाई चलाउने बेला आएको छ । नत्र यो देखिएको छाडापनले आज देशमा अहोरात्र खटिने पहरेदारको इतिहास भविष्यमा सुनाउन लाएकको हुनेछैन् ।

अध्यारोमा रुमलिएको यो समाज बन्द कोठामा थुनिएको नेपालको नीति त्यसमा देखिएको यो प्रतिशोधको राजनीति राष्ट्र निर्माण र देश र जनताको लागि नभई आफ्नोलाई अघि बढाउन र आफू बन्नको लागि देखिएको यो परम्परा राजनीतिक भन्ने पवित्र कर्म समाजसेवा नगरिकन व्यापारीकरण गरिएको यो घिनलाग्दो राजनीति आउने युवा पुस्ताहरूको डरलाग्दो भविष्यलाई मध्यनजर गर्दै यो देशमा चारै तहका सुरक्षा संयन्त्र एकै ठाउँमा रही देशमा सैनिक शासनको आवश्यकता । जय होस् जय देश

(गुरुङ्ग नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् । )

प्रतिक्रिया