९ माघ २०८१, बुधबार | January 22, 2025

दैनिक ६ करोड दान गर्ने शिव नादार


November 8, 2024
913
Shares

एजेन्सी, २३ कात्तिक । भारतका धनाढ्यबीच दान दिने प्रतिष्पर्धा झन् बढेको छ । उनीहरु अर्बमा दान गर्दै आएकोमा दशौं अर्ब दान दिन थालेका छन् ।

भारतको दानवीरको सूचीमा सन् २०२४ मा शिव नादार अग्रपंक्तिमा परेका छन् । उनले २१ अर्ब ५३ करोड भारतीय रुपैयाँ दान गरेका छन् । २०३ जना बढी दान गर्ने उद्दोगीव्यवसायीमध्ये नादार एक्लैको २५ प्रतिशत हुनआउँछ । उनी दैनिक ६ करोड भारु दान गर्ने धनाढ्य हुन् ।

नादारको एचसीएल टेक्निोलोजिका संस्थापक हुन् । उनी ७९ वर्षका भए । आइटी क्षेत्रमा उनको विशेष योगदान छ । दादार भारतको प्रतिष्ठित पद्म भुषणबाट विभूषित भइसकेका छन् ।
फोर्बसका अनुसार नादारसँग ४२ अर्ब डलर सम्पत्ति छ । उनी तालिमनाडुमा जन्मिएर निकै संघर्षपूर्ण यात्राबाट अर्बपति बने ।

इडेलगिभ हुरुन इन्डियन फिलान्थ्रोपि लिष्ट २०२४ मा दोस्रो नम्बरमा परेका छन् एशियाका धनाढ्य मुकेश अम्बानी । उनले भारु. ४ अर्ब ७ करोड दान गरेका छन् । तेस्रोमा परेका रोहिनी निलेकानीले १ अर्ब ५४ करोड दान गरेका छन् ।

कृष्ण चिभुकुलाले आइआइटी मद्रासलाई २ अर्ब २८ करोड दान दिएका छन् । निथिन र निखिल कामतले संयुक्त रुपमा १ अर्ब २० करोड दान दिएका छन् । सुष्मिता र सुब्रतो बाग्छीले १ अर्ब ७९ करोड दान दिएर टप टेन दानवीरको सूचीमा आफूलाई राखेका छन् ।

भारतका धनाढ्यहरु वार्षिक एक खर्बभन्दा बढी दान दिन थालेका छन् । जुन २०१८ को तुलनामा निकै बढेको हो ।

भारतका दानवीरहरु सामाजिक संस्था, अस्पताल, शैक्षिक संस्था, धार्मिक स्थल, गरिबी निवारण जस्ता क्षेत्रमा दान गर्छन् । उनीहरुको विशेष जोड दक्ष जनशक्ति निर्माणको क्षेत्रमा रहेको हुन्छ ।

प्रतिक्रिया