प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख
![](https://nepalipen.com/wp-content/uploads/2023/05/kp-sharma-oli4.jpg)
काठमाडौं,२१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
उनको उपचारमा सम्लग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।
मंगलबार सामान्य ज्वरो आएपछि ओलीले सबै जसो भेटघाट बन्द गरेर प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरेका थिए ।