११ माघ २०८१, शुक्रबार | January 24, 2025

मनाङेको खेल खत्तम


November 5, 2024
2.4k
Shares

काठमाडौं, २० कात्तिक । दिपक मनाङेको नामले चर्चित डन हुन् पूर्वमन्त्री राजीव गुरुङ । उनीमाथि विभिन्न आपराधिक गतिविधिको अभियोगमा मुद्दा चल्दै आएको छ । तरपनि उनी मनाङबाट चुनाव जित्दै आएका छन् । यसपटक भने मनाङेलाई सर्वोच्च अदालतको फैसलाले धक्का दिएको छ ।

मनाङेविरुद्धको ज्यान मार्ने उद्दोग गरेको अभियोगमा दोषी ठहर गर्दै सर्वोच्चले मंगलबार फैसला सुनाएको छ । अब उनी उच्च अदालतले गरेको ५ वर्ष कैदको सजाय सदर भएकाले जेल जानुपर्ने भएको छ । उनले २ वर्ष यही मुद्दामा जेल सजाय भोगिसकेकाले अब ३ वर्ष जेल जानुपर्ने हुन्छ ।

सर्वोच्चका न्यायाधीशहरु नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलाशले मनाङेलाई दोषी ठहर गरेको हो । २०६१ मा मिलन चक्रेको हात काट्ने गरी भएको आक्रमणमा मनाङेविरुद्ध अभियोग दर्ता भएको थियो ।

मनाङे ३ वर्ष जेल जानुपर्ने भएकाले २०८४ को चुनावसम्म भने छुट्ने छन् । उनले उक्त चुनावमा भाग लिन पाउने देखिएको छ । तर, मनाङेको पार्टी अदल बदल, सरकार ढाल्ने र बनाउने खेलमा भूमिका जस्ता खेल अहिलेलाई सकिएको छ ।

प्रतिक्रिया