७ पुस २०८१, आइतबार | December 22, 2024

रवि अझै तीन हप्ता हिरासतमा रहने


November 5, 2024
2.6k
Shares

काठमाडौं, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै तीन हप्ता हिरासतमा रहने निश्चितप्रायः भएको छ । दशैं अगावै पक्राउ परेका रवि तिहारसम्म पनि छाडिएनन् । तिहारलगत्तै अदालत खुल्दा प्रहरीले थप २५ दिन हिरासतमा राख्न अनुमति मागेको छ अदालतसँग ।

कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद थपको माग गरेको छ प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् । अनुसन्धान भन्दै अल्मलाउँदै रविलाई लामो समय हिरासतमा राख्न माथिबाटै आदेश आएको विश्वस्त स्रोतले बताएको छ ।

रविविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोगमा अनुसन्धान चलिरहेको छ । सरकारी वकिलको कार्यालयमार्फत् प्रहरीले मुद्दा दायर गर्न मानिरहेको छैन ।

मुद्दा दायर गरेपछि पनि हिरासतमा रहने या धरौटीमा छुट्ने भन्ने बहस चल्छ अदालतमा । मुद्दा चाँडो दर्ता गर्न र धरौटीमा छुट्न रविनिकटहरु राजनीतिक र अदालती लबिङ गरिरहेका छन् ।

प्रतिक्रिया