१९ बैशाख २०८३, शनिबार | May 2, 2026

आगामी कांग्रेस कमान्डर को होला ?


October 30, 2024
1.7k
Shares

यादव थपलिया । नेपाली कांग्रेसको महाधिवेशन आउनु दुई वर्षअगावै सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने दौड सुरु भएको छ । देउवाको उत्तराधिकारी बन्ने उत्कट चाहनामा शशांक कोइराला, शेखर कोइराला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासम्मले आफ्ना गतिविधि अगाडि बढाएका छन् । देउवाको उत्तराधिकारीको प्रश्न जति सरल छ, त्यति नै पेचिलो यसको उत्तर खोज्न हुनेछ ।

२०७८ साल मंसिरमा नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको थियो । कांग्रेसको विधानअनुसार हरेक ४ वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने उल्लेख छ । तर, २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि नेपाली कांग्रेसको महाधिवेशन कहिल्यै विधानअनुरूप ४ वर्षमै भएन । आगामी १५औं अधिवेशन पनि ४ वर्षमै अर्थात् २०८२ साल मंसिरभित्रै हुनेमा यसका नेता–कार्यकर्ता विश्वस्त छैनन् ।

त्यसो त महामन्त्री थापाले २०८० सालको फागुनमा सम्पन्न महासमिति बैठकमा पार्टीको १५औं महाधिवेशन २०८२ साल मंसिरभित्रै सम्पन्न गर्ने प्रस्ताव राखेका थिए । तर, महामन्त्रीको यस प्रस्तावलाई केन्द्रीय समितिको बैठकले अझैसम्म पनि पारित गरेको छैन । अर्थात्, पार्टीको १५औं महाधिवेशन विधानअनुरूप ४ वर्षभित्रै गर्नुपर्ने महामन्त्रीको यस प्रस्तावलाई केन्द्रीय समितिले ‘नोटिस’मै लिएको छैन । यस्तै १४औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि शेखर कोइरालाले पनि भनेका थिए, ‘देउवालाई ४ वर्षभन्दा एक दिन पनि पार्टी चलाउन दिन्नौं ।’

१४औं महाधिवेशन सम्पन्न भएको साढे २ वर्ष भइसक्दा पनि पार्टी पदाधिकारी र कैयन् विभागलाई सभापति देउवाले पूर्णता दिएका छैनन् । पार्टीको कोषाध्यक्षजस्तो महत्वपूर्ण पद अझै रिक्त छ । संगठन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभागलगायत १४–१५ विभागले अझै पूर्णता पाएका छैनन् । सबैभन्दा आश्चर्यलाग्दो विषय त पार्टीका कतिपय जिल्लाका क्षेत्रहरूको महासमिति सदस्यसमेतको टुंगो लाग्न सकेको छैन । पार्टीको १४औं महाधिवेशनअगावै टुंगो लागिसक्नुपर्ने महासमिति सदस्यहरूमध्ये विवादकै कारण देखाएर सोलुखुम्बु, ओखलढुंगा, रामेछापलगायत जिल्लाका ३ सय १९ जना महासमिति सदस्यहरूको अझैसम्म टुंगो लाग्न सकेको छैन । पार्टी सभापति देउवाकै पहलबाट सम्पन्न गरिनुपर्ने पार्टीका यी विशेष र महत्वपूर्ण कार्यहरू सभापति बनेको साढे २ वर्षमा पनि नगर्नुले देउवालाई सक्षम र क्रियाशील सभापति मान्न नसकिने उदाहरण हुन् ।

१४औं महाधिवेशनमा विजयी भएपछि महामन्त्री थापाले ‘अब नेपाली कांग्रेस पार्टीलाई देखिने, सुनिने, बुझिने र आमकार्यकर्ता र जनताको भरोसायोग्य पार्टी बनाउने’ घोषणा गरेका थिए । यसैगरी, अर्का महामन्त्री शर्माले ‘नेपाली कांग्रेस हिजोको जस्तो चल्दैन, रूपान्तरित भएर जान्छ’ भन्ने घोषणा गरेका थिए । तर, यी दुवै युवा महामन्त्रीले गरेका घोषणाअनुरूप कांग्रेस अघि बढेको नदेखिएको कांग्रेस काठमाडौंका युवा नेता लोकेश ढकालको भनाइ छ ।

केन्द्रीय समितिमा सभापति देउवाको वर्चस्व रहेका कारणले पनि युवा महामन्त्रीद्वय शर्मा र थापाले केही गर्न नसकेको कांग्रेस सिन्धुपाल्चोकका अर्का युवा नेता भोला बोहोराको भनाइ छ । बोहोरा भन्छन्, ‘विश्वप्रकाश सैद्धान्तिक ज्ञान भएका राम्रा वक्ता हुन् तर पार्टीभित्र वा बाहिर संगठनकर्ता होइनन्, यसको ठीकविपरीत गगनकुमार थापा वैचारिकका साथै राम्रा वक्ता त हुँदै हुन्, राम्रा संगठनकर्ता पनि हुन्, केन्द्रीय समितिमा भने वर्चस्व नभएकाले यी दुवै युवा नेताका कुराहरू कम सुनिएका छन्, त्यसैले पनि उनीहरूले पार्टीमा देखिने र बुझिने परिवर्तन ल्याउन नसकेका हुन् ।’

अहिले दोस्रो पुस्ताका भनेर देखिएका शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का र शशांक कोइरालाजस्ता वरिष्ठ नेताहरू स्वाभाविक रूपले नेपाली कांग्रेसमा सभापति देउवाको उत्तराधिकारीको दौडमा देखिन्छन् । यीमध्ये शशांक र शेखर कोइरालाबाहेक सबै नेता पटकपटक राज्य सत्ताको महत्वपूर्ण पदमा पुगेर जनसमक्ष ‘टेस्टेड’ भइसकेका छन् ।

पदमा पुग्दा कांग्रेसको वैचारिक र सैद्धान्तिक अवधारणालाई यी नेताले कहिल्यै अनुसरण गर्न नसकेको कांग्रेसका आमकार्यकर्ताको बुझाइ छ । बीपीपुत्र शशांक र शेखरको हकमा भने उनीहरू आजसम्म राज्यसत्ताको पद ग्�

प्रतिक्रिया