९ माघ २०८१, बुधबार | January 22, 2025

कुलमान कठोर बन्दा ३२ उद्दोगमा तिहारमा पनि अन्धकार


October 27, 2024
1.2k
Shares

काठमाडौं, ११ कात्तिक । यसपालीको तिहारमा देशका ३२ उद्दोग अन्धकारमै रहने देखिएको छ । डेडिकेटेड र ट्रंक लाइनवापत्को विद्युत महशुल नतिर्ने उद्दोगमध्ये अझै ३२ उद्दोगको लाइन जोडिएको छैन ।

लाइन काटिएकामध्ये ८ वटाले महशुल तिर्न थालेकाले जोडिएको छ । बाँकीले नतिरेपछि लाइन जोडिएको छैन ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन काट्न निर्देशन दिएपछि ८ कात्तिकयता काम ठप्प छन् ती उद्दोगमा । उनीहरुले मजदूरलाई अनिश्चितकालसम्मका लागि बिदा दिएका छन् ।

प्राधिकरणले विद्युथत महशुल बुझाउन किस्ताको सुविधा पनि दिएको छ । तर, कतिपय उद्दोगले विद्युत महशुलसम्बन्धी विवरण मागेका छन् । कुलमान भने डगमग नहुने पक्षमा छन् ।

प्रतिक्रिया