१० कार्तिक २०८१, शनिबार | October 26, 2024

इजरायलद्वारा इरानमाथि हमला


October 26, 2024
498
Shares

एजेन्सी, १० कात्तिक । इजरायलले इरानमाथि हमला गरेको छ । शनिबार विहानै इजरायलले ती चरणमा रकेट हमला गरेको हो ।

हमला तेहरानस्थित सैन्य क्याम्पमा केन्द्रित थियो । इरानले पनि प्रतिरक्षा गरेको थियो । हमलाबाट कति क्षति भयो यकिन गरिएको छैन ।

गत महिना इरानले इजरायलमाथि मिसाइल हमला गरेपछि बदला लिने वक्तव्य दिएको थियो । जुन उसले गरेर देखायो ।

हमलापछि इरान र इराकमा हवाई सेवा बन्द गरिएको छ । इजरायलको सेनाले इरानले जवाफी हमला गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

इजरायल यहुदी राज्य हो । उसले पेलिस्टाइन र लेबनानमा हमला गर्दै आएको छ । इरानले इजरायलको अस्तित्व नामेट पार्ने धम्की दिदै आएको छ ।

प्रतिक्रिया