दाङमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं, १० कात्तिक । दाङमा भएको गाडी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । शनिबार विहान तुलसीपुर उपमहानगरपालिका ३ को साततलेमा बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा चालक हिरामणि बुढा र अर्का व्यक्ति सुरेश खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रा १ ज ८२२ नम्बरको उक्त गाडीमा सवार देवा वली, महेश वली र जीवन वली घाइते भएका छन् । उनीहरुलाई नेपालगञ्जमा थप उपचारका लागि लगिएको छ ।