१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

धनराज दम्पत्तिबाट नेपालमा सहकारी ठगी अमेरिकामा क्यासिनो रिसोर्ट


October 18, 2024
27.2k
Shares

नेपाली पेन खोजः “सहकारी ठग” को सूचीमा अहिले रवि लामिछाने अग्रपंक्तिमा राखिएका छन् । त्यसपछि चर्चामा छन् धनराज गुरुङ । रवि उपप्रधानमन्त्री भइसकेका छन् भने धनराज मन्त्री । रवि रास्वपाका सभापति छन् भने धनराज देशको सबैभन्दा पुरानोमध्येको दल नेपाली काँग्रेसका निर्वाचित उपसभापति ।

दुवैको राजनीतिक आवरणभित्रको धन्दामा समानता देखिन्छ । रविले अमेरिकामा ठगी गरीडिभोर्सपश्चात् पत्नीलाई डिभोर्स गरी उतै छोडे भने धनराजले ठगी चाहिँ नेपालमा गरे तर डिभोर्सपश्चात् पत्नी ज्योती गुरुङलाई अमेरिका लगी छोडे ।

शरणार्थी बन्न रविले आफैँ असाइलम फाइल गरे भने धनराजले पत्नीलाई असाइलम फाइल गराए । असाइलम स्टोरीअर्थात लिखित पर्सनल स्टेटमेन्ट वा न्यारेटिभमा रविले आफू नेपालमा पत्रकारिता गर्दा माओवादीको विरुद्ध समाचार लेखेको कारण नेपालमा ज्यान असुरक्षा भएकोले बल्लतल्ल ज्यान जोगाएर अमेरिका आउन सफल भएको, नेपाल फर्केमा माओवादीबाट मारिन सक्ने भनी पत्रपत्रिकामा छपाएका प्रायोजित नक्कली समाचार भँजाए भने ज्योतिले नेपाली काङ्ग्रेसका उपसभापति समेत रहेका आफ्ना पतिबाट जिउज्यानमा खतरा भएको, लोग्नेले रक्सी पिएर आइ बारम्बार कुटपिट गर्ने गरेको, धनराज शक्तिशाली पार्टीको उपसभापति भएकोले उनलाई नेपालमा कानून नलाग्ने, प्रहरी प्रशासनमा उजुरी गर्दा जाहेरी दर्ता नभएको, प्रहरीले कारबाही नगरी उल्टै आफूलाई धम्क्याएको भनी नेपालको कानून र व्यवस्थाको अन्तराष्ट्रिय स्तरमा धज्जी उँडाइ धनराजले कुट्दा नीलडाम भएका भनी खिचाएका फोटाहरू पेस गरिन् । दुवैले युएससिटिजनसिप एण्ड इमिग्रेसन सर्भिस अर्थात युएससिआइएसको आँखामा छारो हाले, नौटङ्की गरे, सुनुवाइमा रोइकराइ गरे,ग्रिनकार्ड हात पारे । अहिले दुवै पूर्वपत्नीहरू अमेरिकामा छन् भने पूर्वपतिहरूको ठगीधन्दा नेपालमाखुबै मौलाएको छ । दुवैका स्वास्नी र छोरी अहिले अमेरिकामै छन् ।

अमेरिकी नागरिक रवि कुनैपनि बेला पासपोर्ट अप्लाइ गरी आफ्नो देश फर्कन सक्नेर अमेरिकी भिषावाहक धनराजसँग छोरीमार्फत चाहेका बखत ग्रिनकार्ड पाउने हैसियत सुरक्षित छ । खण्डखातिर कथंकदाचित नेपालीहरूको घैँटामा घाम लागेछ, उनीहरू चीर निद्राबाट ब्युँझेछन्, जन आन्दोलन गरेछन्, राजनैतिक परिवर्तन भएछ, भ्रष्टहरूको सत्ता ढलेछ र जनताको सरकार बनेछ भने कारबाही प्रारम्भ हुनुपूर्व नै भाग्न दुवैको खुट्टा भने अमेरिकातिर उचालिएका छन् ।

रवि विरूद्ध गृहमन्त्रीको शक्ति दुरुपयोग गरी सहकारी ठगीमा आफू विरु

प्रतिक्रिया