२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मारवाडी लखेटेर कसलाई ल्याउने ?


October 18, 2024
415
Shares

काठमाडौं, २ कात्तिक । देशमा यतिबेला मारवाडी लखेट्ने अभियानमा सक्रिय छन् दुर्गा प्रसाईंलगायत अतिवादी समूह । प्रसाईं उनै हुन् जसले बैंकको ऋण तिरेका छैनन् ।

अहिले मारवाडी समुदायले सञ्चालन गर्दै आएको पशुपति धर्मशाला उनीहरुबाट खोस्न खोजिएको छ । यो अभियानमा कोषका सदस्य सचिवका मिलन थापा सक्रिय छन् । उनी पशुपतिनाथमा जलहरी चढाउँदा ४ किलो सुन हिनामिनाको काण्डमा अख्तियारले डामेका पात्र हुन् ।

मीलन थापाले मारवाडीको हातबाट पशुपति धर्मशाला र गौशाला खोस्न काठमाडौं महानगरका मेयर बालेन साहको साहारा लिइरहेका छन् । महानगरलाई धर्मशाला र गौशाला जिम्मा दिने रणनीति चलेको छ ।

मारवाडी समुदायले ८२ वर्षअघि राणाकालमा निर्माण गरेको धर्मशाला खोसेमा ठूलै आर्थिक चलखेल गर्न सकिने देखेपछि मिलन थापा मरिमेटेर लागेका हुन् । थापाको पशुपति कोषको सदस्य सचिव बन्नु रहस्यमयी नै छ । उनको कार्यशैली हिन्दूविरोधी र पशुपतिनाथको व्यवस्थापन बिगार्ने खालेको छ ।

मारवाडी समुदायमा केही उद्दोगी व्यापारी विवादास्पद छन् । केहीले विद्युतको महशुल नतिरेर राज्यलाई नै चुनौती दिइरहेका छन् । तर, यसैको बहानामा सिंगो मारवाडी समुदायमाथि प्रहार गर्न खोजिएको छ । उनीहरुलाई लखेट्न खोजिएको छ । उद्दोग चलाउने र व्यापार गर्ने खूबी भएका कर तिर्नेहरुलाई लखेटेर देश बर्बाद बनाउने रणनीति केही शक्तिले बनाइरहेका छन् ।

मारवाडीहरु हिन्दू हुनुले पनि उनीहरुमाथि प्रहार भइरहेको छ । मारवाडी लखेटेर मुसलमान र इशाई व्यपारी ल्याउन त खोजिएको होइन ?

प्रतिक्रिया