३० आश्विन २०८१, बुधबार | October 16, 2024

डडेल्धुरामा मध्यराति बस दुर्घटना हुँदा दुई दिनको शिशुसहित ५ को मृत्यु


October 16, 2024
1.2k
Shares

काठमाडौं, ३० असोज । डडेलधुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मध्यराति भएको घटनामा चारजनाको शव विहान फेला परेकोमा थप शव दिउँसो फेला परेको हो ।

बैतडीकी ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । यसअघि पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको खुलाइएको थियो ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस मध्यराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको छ । बस सडकबाट तीन सय मिटर खसेको थियो ।-Photo Source: Deepak Khadka/FB

प्रतिक्रिया