१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

बाढीपहिरो पीडितका लागि भारतद्वारा साँढे २१ टन राहत सामाग्री सहयोग


October 9, 2024
166
Shares

काठमाडौं, २३ असोज । बाढीपहिरो पीडितका लागि भारत सरकारले साँढे २१ टन राहत सामाग्री सहयोग गरेको छ । बुधबार भारतले नेपाललाई उक्त राहत सामाग्री हस्तान्तरण गरेको हो ।

राहत सामाग्रीमा औषधी, लाइफ ज्याकेट, खाद्यान्न, रबर बोट, मोटरका अलावा ओछ्याउने म्याट रहेको जनाइएको छ । ती सामाग्री बाढीपहिरो प्रभावित परिवारका लागि नेपाल सरकारका तर्फबाट पुर्याउने गरी हस्तान्तरण गरिएको हो ।

भारतले सामाजिक संस्थामार्फत् पनि राहत सामाग्री पुर्याइरहेको छ । उसले पालिकाहरुका प्रतिनिधिलाई राहत सामाग्री हस्तान्तरण गरिरहेको छ ।

प्रतिक्रिया