१० माघ २०८१, बिहिबार | January 23, 2025

यसपालिको दशैंमा पानी पर्ला ?


October 9, 2024
3.2k
Shares

काठमाडौं, २३ असोज । दशैंको मुखमा अविरल वर्षाले देशका विभिन्न भागमा ठूलो क्षति भयो । विशेषगरी बागमती प्रदेशको काभ्रे र ललितपुर जिल्लामा बढी क्षति भयो । ११ र १२ असोजको अविरल वर्षापछि मनसुन विस्तारै कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दशैं चलिरहँदा बिहिबारबाट फूलपाती सुरु हुँदैछ । २५ गते एकै दिन अष्टमी र नवमी परेको छ । २६ असोजमा विजया दशमीको टीका छ । त्यसपछि कोजाग्रत पूर्णिमासम्म दशैंको माहोल चल्छ । त्यसबीच पानी परेमा हीले दशैं हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशलगायत मधेश र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव कायमै छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका विभिन्न भागमा पश्चिमी वायुको प्रभावरहेको जनाएको छ ।

देशका केही भागमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ । विशेषगरी पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यो हप्ता पनि देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । यसकारण पनि कतिपय भागमा हिले दशैं हुनसक्ने सम्भावना देखिन्छ ।-File Photo

प्रतिक्रिया