७ पुस २०८१, आइतबार | December 22, 2024

बाढीपहिरो पीडितका लागि नेपाल भारत मैत्री संघद्वारा राहत हस्तान्तरण


October 5, 2024
664
Shares

काठमाडौं, १९ असोज । नेपाल भारत मैत्री संघले बाढीपहिरो पीडितका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । संघले पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

संघका सचिव सुर्य ढकालका अनुसार राहत सामाग्रीमा ४५० थान न्यानो कम्बल, ५४० थान झुल, औषधी तथा उपहरण रहेका छन् ।

संघले विगतमा पनि राहत सामाग्री वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया