बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३९ पुग्यो
काठमाडौं, १८ असोज । गत हप्ताको बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोबाट ७७ जना घाइते भएका छन् भने १९ जना अझै बेपत्ता छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १३९ जनाको उद्धार भएको छ । बाढीपहिरोबाट अवरुद्ध राजमार्ग खुलाउन थालिएको छ ।
वीपी राजमार्ग भने दशैं अघि सञ्चालनमा आउने अवस्था छैन ।
बाढीपहिरोबाट सबैभन्दा बढी क्षति ललितपुर र काभ्रेमा भएको छ । सबैभन्दा भारी वर्षा दक्षिण र पूर्वी ललितपुर र काभ्रको पश्चिमी भेगमा परेको थियो ।