इजरायलमाथि इरानको हमलापछि तेलको मूल्य वृद्धि

एजेन्सी, १६ असोज । इजरायलमाथि इरानले मिसाइल वर्षा गरेको छ । गएराति गरेको आक्रमण सयौंको संख्यामा थिए ।
आक्रमणबाट के कति क्षति भयो भन्ने स्पष्ट छैन । तर, इरानमा आक्रमणपछि खुशियाली मनाइएको छ ।
इजरायलले हजबुल्ला नेतालाई लेबनानमा हमला गरी हत्या गरेपछि इरानले आक्रमण गरेको हो । यसको बदला लिने इजरायलले जनाइसकेको छ ।
इरानले इजरायलमाथि आक्रमण गरेपछि विश्व बजारमा तेलको मूल्यमा असर परेको छ । यो घटनाले तेलको मूल्य प्रतिब्यारल २ डलरभन्दा बढीले वृद्धि भएको छ ।