३० आश्विन २०८१, बुधबार | October 16, 2024

भू–राजनीतिक रस्साकसीमा भारत र चीन


October 1, 2024
664
Shares

बिपिन देव: वर्तमान भूराजनीतिक अवस्था औधोगीकरण, खुलाअर्थतन्त्र र भूमण्डलीकरणको उबज हो भन्ने जानकारहरुको बुझाई रहेको छ । सोभियत विघटन र पूर्वी यूरोपबाट साम्यवाद शासन प्रणालीको अन्तले गर्दा ९० को दशकमा संसारले एकपक्षीय (यूनीपोलर) संसारको नेतृत्व प्राप्त गर्यो । फुकुयामा जस्ता लेखकले इण्ड आफ हिष्ट्री जस्ता कालजयी कृतिको माध्यमबाट संसारमा संरक्षणवाद, साम्यवाद र एकतन्त्रीय शासन प्रणालीको अन्त्य भएको घोषणा गरेका थिए । तर २००८ को यूरोपको आर्थिक मन्दीबाट प्रचूर लाभ दिदै चीनले विश्व राजनीतिमा आफ्नो सामथ्र्य कायम गर्न सफल भयो ।

भूंमण्डलीकरण र खुल्ला अर्थव्यवस्था को पूर्ण रुपमा दोहन गर्दै विश्व व्यापार संघको सदस्यता समेत प्राप्त गर्दै चीनले अमेरिकाको एकल नेतृत्वलाई चूनौती दिन आवश्यक पूर्वाधार निर्माण समेत गरेको देखिन्छ । वदलिदो विश्व व्यावस्थालाई केही जानकारहरु द्विपक्षिय र केही जानकारहरु बहुपक्षिय संसारमा रुपमा व्याख्या गरेका छन् । भारतका पूर्व परराष्ट्र सचिव र अदभूत सामरिक जानकार शिवशंकर मेननले आफ्ना पुस्तक “ससियन जीओ पाल्टीक्स” मा वर्तमान विश्व वहुपक्षिय (मल्टीपोलर) देखिए तापनि द्धिपक्षिय (वाइपोलर) नेतृत्वले नै भू राजनीतिलाई प्रभावित गरेको कुरा जिकिर गरेका छन् । अर्थात धूव्रिकृत संसारमा अमेरिका र चीनको नेतृत्व बीच टक्कर देखिएको कुरा मेननले प्रष्ट गरेका छन् ।

द्विपक्षिय नेतृत्व पनि भुराजनीतिक जटिलताका कारण परिमार्जित भइरहेको अवस्था देखिन्छ । रसिया यूक्रेन युद्ध, इजरायल हमास भिडतन्त्र र इजरायल लेवनान भिडन्त जस्ता परिघटनाले संसारमा द्धिपक्षिय नेतृत्व समेत कमजोर भइसकेको अवस्था देखिन्छ । अमेरिका, फ्रान्स, कतार, साउदी अरेबियाका दबाबका बाबजुद पनि इजरायल यूद्ध विराम गर्ने अवस्थामा देखिएको छैन । त्यस्तै संयुक्त राष्ट्र संघको कुनै पनि दबाब पुटिनको लागि प्रभावकारी सिद्ध भएको छैन ।

यी परिवर्तन विश्व व्यवस्थामा चीन र भारत पनि आफ्नो सामरिक अभ्यासमा भूराजनीतिलाई प्रचूर मात्रामा प्रभावित गरेको देखिन्छ । मध्य एसियामा सहज वातावरण निर्माण गर्न इवराहिम एर्कोडको सिद्धान्त अनुरुप अमेरिकाले भारतको अगुवाइमा आए टु. यू. ट. (अमेरिका, भारत, यू. एई. इजरायल) को गढ बन्धनको अवधारणा अगाडी वढाएका थिए । चीनलाई अमेरिकाको मधयएशियामा नेतृत्व पाच्य भएको थिएन । प्रप्युत्तरमा चीनीया कुटनितिले मध्य एसियामा एक नयाँ संयन्त्र निर्माण गर्यो । अर्थात इरान, साउदी अरेबीया र यू. एई विच नयाँ गठबन्धन कायम गर्न चीनले एउटा नयाँ कुटनीतिक संयन्त्रको प्रयोग गर्यो । अर्का तर्फ भारतीय कुटनिति समेत मध्य एसीयामा सक्रिय रहेको देखिन्छ । सामाजिक , सांस्कृति र आर्थीक सम्बन्धले गर्दा मध्य एसियामा भारतको सम्बन्ध अब्बल रहेको छ ।

मध्य एसियालाई अर्जुनदृष्टिमा राखेर “आए मेक” गुरुयोजनाको प्रस्तावना भारतले गरेका थिए । आए. मेक भन्नाले भारत, मध्य एसियामा र यूरोपेली कोरिडर बुझिन्छ । आए.मेक गुरुयोजनाको केन्द्रबिन्दुमा इजरायल रहेको छ । चीनले मध्य एसियामा इरानको सक्रियता र नेतृत्वलाई सम्बलता प्रदान गर्दछ । अर्कातर्फ इरान मध्य एसियामा रहेका हरेक लाडाका समूहहरुको अभिभावक रहेको देखिन्छ । ह्यास, हिजुबुल्ला र हुती जस्ता लडाकुका समूहहरु इरानबाट परिचालित भइरहेको कुरा विभिन्न जासुसी संस्थाहरुको सर्वेक्षण रहेको छ । इजरायलले हमास, हुर्ती र हिजुबुल्लाह सँग एक्लै संग्राम गरिरहेको अवस्था छ । इरान भौतिक रुपमा यी लडाकुहरुलाई सैन्य सहयोग गरेको खण्डमा अमेरीकी सैनिक समेत इजरायलको पक्षमा होमिने जानमा हरुको विष्लेषण रहेको छ । यस प्रतिकुल अवस्थामा एका तर्फ चीनले द्धन्दलाई सुस्नुप्त रुपमा बढाउन रणनीतिको साथ अगाडी बढिरहको छ भने भारतले द्धन्द शिथिलिकरणको पक्षमा आफ्ना कुटनीतिक संयन्त्रलाई अगाडी बढाइरहेको छ । विगत ३ महिनामा मोदी जेलन्सकी सँग तीन पटक भेट्नु र पुटिनसँग वार्ता गर्नु जस्ता परिघटनालाई द्वन्द्व शिथिलिकरणको कुटनितिको रुपमा ब्याख्या गर्न सकिन्छ ।

चीनको कुटनीति अमेरिकालाई हरेक वैश्वीक समस्यामा अलझाउनु हो । रुस यूकेन युद्धमा अमेरिका अलझिएको छ भने मध्य एसीयामा समेत अमेरिका अल्झिने सम्भावना देखिएको छ ।

रुस युक्रेन युद्ध हुनु भन्दा पहिले पुटिन चीन यात्रा गरेर चीनको सदभाव पाएको विश्व समूदायलाई सन्देश दिन खोजेको थियो । युद्धताका नै राष्ट्रपति सी रुस यात्र गरेर रुसको नीतिलाई लालमोहर लगाएका थिए ।

सन् १९७९ को मियतनाय युद्ध पश्चात चीनीया सेनाले युद्ध गरेो इतिहास छैन तर चीन हरेक संग्राममा पर्दाका पछाडीको खेलाडीको रुपमा हुन्छ । विश्व राजनीतिमा अमन, शान्ति र मानवकल्याणको प्रति उत्र्सग गर्ने चीनीया कम्युनिष्ट पार्टीको भाष्य रहेको छैन । अरेवियन सागरमा हुती लडाकाहरु मल बाहक सामुद्रिक जहाजमा आकमर्ज गर्दा चीनीमा जल सेनाले प्रतिकार र प्रतिवाद गरेको देखिदैन तर भारती जलसेनाले अन्तराष्ट्रीय कानुनको आधारमा लडाकुाहरु माथी लगाम लगाउन सैनीक कामवाण गरेको देखिन्छ ।

मोदी आफ्नो अमेरिकी यात्राको सिलसिलामा प्यालेष्टायनी नेता सँग भेटवार्ता गरेका थिए । अर्थात इजरायल हमास विच प्याल्यास्टायन सहजकर्ताको भूमिका खेल्न सक्दछ । संसारमा तानाशाह र कटरपन्थलाई संरक्षण गर्न चीनले इरान पाकिस्तान सहयोग गरिएको छ भने भारतले प्रजातान्त्रिक कित्तासँग आफ्नो सघनता र संलग्नता वढाइरहको छ ।

प्रतिक्रिया