२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सहकारी ठगीमा एमाले केन्द्रीय सदस्य अमृता सुब्बा, काँग्रेस नेता रेवतीरमण दुलाल फरार


September 26, 2024
4.1k
Shares

इटहरी, १० असोज । देशमा सहकारी ठगीमा रवि लामिछानेलाई तारो बनाइरहँदा काँग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलका नेता कार्यकर्ताको नाम धमाधम खुल्न थालेको छ यो प्रकरणमा । जसमध्ये इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारीको रकम ठगेर फरार कांग्रेस सुनसरीका नेता रेवतीरमण दुलाल पनि हुन्।

जिल्ला अदालत सुनसरीमा प्रहरीले दर्ता गराएको सहकारी रकम ठगीको मुद्दामा दुलाललाई फरार प्रतिवादी बनाइएको छ। उनीसहित ३३ जनालाई सहकारी ठगी मुद्दामा फरार प्रतिवादी बनाएर सुनसरी जिल्ला अदालतमा प्रहरीले ठगी मुद्दा चलाएको हो।

सुनसरीबाट नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि बनेका दुलाल सहकारीमा राखेको जनताको पैसा लिएर फरार भएका हुन्। बिना धितो ऋण लिएर ठगी गरेको अभियोग अभियोगमा सुनसरी जिल्ला अदालतमा १ करोड ३१ लाख ३२ हजार पाँच सय रुपैयाँ बिगो मागदाबीसहित ठगी मुद्दा दायर भएको हो। २०७४ सालको प्रदेशसभा निर्वाचनमा दुलाल सुनसरी क्षेत्र नम्बर ४ (१) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवार समेत बनेका थिए ।

त्यस्तै अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थामा संचालक रहेकी नेकपा एमालेकी केन्द्रीय सदस्य विष्णुमाया लिम्बु ९अमृता सुब्बा०लाई पनि सहकारी ठगी मुद्दा दायर भएको छ। उनले २१ लाख अपचलन गरेको सहकारी मुद्धामा सुनसरी जिल्ला अदालतबाट ५ लाख धरौटीमा रिहा भएकी छिन । नेकपा एमाले केन्द्रिय सदस्य सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।

अम्बे कोसी बचत तथा ऋण सहकारीको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ रकम ठगी गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। फरार हुनेमा दुलालसहित देवेन्द्र बस्नेत, मीनकुमार मगर, भोजकुमार पुलामी मगर, किरण आले, हिरा कुमारी मगर, बद्रीप्रसाद रेग्मी रहेका छन् ।

सम्झना कार्की, रमेश पौडेल, टिकाराम भट्टराई, हरि बहादुर खड्का, मनोज अधिकारी, नवीन पौडेल, राम प्रवेश शाह, यशोदा पौडेल, रुद्रबहादुर पौडेल, पशुपति श्रेष्ठ, पूर्णबन्धु न्यौपाने, शान्ता पौडेल, हेमु श्रेष्ठ, गंगाचरण शाह तेली, सुनिता समाल मगर, विष्णु कुमार वि।क र लीला कार्की पनि फरार सूचीमा छन्। त्यस्तै नगेन्द्र गुरुङ, सुमन भण्डारी, अमित राई, लीला खड्का, अशोक राई, एकराज पहाडी, धनबहादुर मगर,धनुषा पराजुली (बस्नेत) भन्ने धन कुमारी पराजुली, दीपेश राई, क्षितिज राई र कोरवर्ट कुमार श्रेष्ठलाई पनि सरकारी ठगी मुद्दामा फरार प्रतिवादी बनाएर प्रहरीले सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टी घर भई इटहरी उपमहानगर ६ बस्ने ५० वर्षीय दुलालले सहकारीमा पाँच लाख ४१ हजार ३० रुपैयाँ व्याज बुझाउनुपर्ने देखिन्छ । सहकारीमा उनको १० हजार १४ रुपैयाँ बचत रहेको र उक्त सहकारीमा दुलालको दुई लाख ५६ हजार आठ सय रुपैयाँ बराबरको शेयर रहेको प्रहरीले जिल्ला अदालतमा दर्ता गराएको अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया