१२ आश्विन २०८१, शनिबार | September 29, 2024

चोलेन्द्रका ‘बीचौलिया’ आशिषलाई सर्वोच्चको न्यायाधीश बनाउन के के भयो


September 25, 2024
152k
Shares

काठमाडौं, ९ असोज । देशमा पैसा र पावर विना कुनै नियुक्ति हुँदैन भन्ने छताछुल्ल भएको छ । सर्वोच्च अदालतको ६ न्यायाधीश नियुक्तिको सिफारिशमा पनि यसपटक साम, दाम, दण्ड, भेदको रणनीति खूबै चल्यो । नेपालको इतिहासमा न्यायालयलाई यतिसम्म पंगु बनाउने काम सायद कहिले भएको थिएन । आफ्ना खास मान्छे न्यायायलमा नघुसाए वृद्धावस्थामा भ्रष्टाचारमा जेल जानुपर्ने भय कतिपय नेतालाई छ । कतिपय पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई पनि परिवारको पीर छ जो ठूला अनियमिततामा मुछिएका छन् । उनीहरुलाई जोगाउन पनि आफ्ना मान्छे अदालतमा घुसाउनुपर्ने वाध्यता छ ।

यसबीच बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ दशैं अगावै सेवानिवृत्त हुन लाग्दा न्यायपरिषदबाट न्यायाधीश नियुक्तिको सिफारिश हुने भएको छ । त्यसका लागि निकै रस्साकस्सीपछि नाम पनि टुंगो लागेको विश्वस्त स्रोतले बताएको छ । नामको टुंगो राजनीतिक पहुँच प्रभाव र पैसाको तौललाई मापदण्ड बनाइएको तथ्यहरु नेपाली पेनले फेला पारेको छ । यतिसम्मकी देशभित्र र बाहिरसम्म डिलहरु भए ।

सर्वोच्चको न्यायाधीश बन्न वरिष्ठ अधिवक्ता हुनुपर्ने मापदण्ड तोकिएपछि एकजना पात्रलाई रातारात वरिष्ठ अधिवक्ता बनाइने भएको छ । ती पात्र हुन् आशिष अधिकारी । वकिलेको भेषमा विचौलियाको काम गर्ने उनी टेरामक्स लगायत प्रकरणमा मुछिएका हाइप्रोफाइललाई जोगाउन खुबै सक्रिय भए । अख्तियारका एकजना विवादास्पद पात्रलाई पनि प्रभावित पारे ।

काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतलाई अख्तियारबाट डाम्न जोगाउन उनी मरिमेटेर लागेका हुन् । कार्की स्वयं एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि नजिक छन् । हालैको नेपाल टेलिकमको एमडी नियुक्तिमा पनि उनी र भाई लोकेन्द्र कार्की सक्रिय भएका थिए ।

आशिष कानून व्यवसायीमाझ विगतमा चोलेन्द्र शमशेरको बीचौलियाको काम गर्ने पात्रका रुपमा चर्चित रहे । कतिपय विवादास्पद मुद्दालाई प्रभावित पारे । जसमा देशको भाषा र लिपी नै सक्ने इम्बोस्ड नम्बर प्लेटको विषय पनि थियो । एनसेल प्रकरणको मुद्दामा पनि उनले चोलेन्द्रका लागि निकै चलखेल गरे । सबै चलखेलको अनुभव सँगालेका उनले शक्तिकेन्द्रलाई प्रभावित पारेको बुझिएको छ ।

भविष्यमा प्रधानन्यायाधीशको रोलक्रममा पर्ने गरी उनलाई नियुक्ति दिलाउन खोजिएको छ । उनकै लागि बिहिबार आकस्मिक रुपमा प्रधानन्यायाधीश श्रेष्ठसहित १७ जना न्यायाधीश सम्मिलित फूलाकोर्ट बैठक बस्ने बुझिएको छ । त्यसबाट वरिष्ठ अधिवक्ता बनाएर उनलाई न्यायाधीशको बाटो क्लियर गरिदैछ ।

चोलेन्द्रका खास मान्छे आशिषलाई मुख्य न्यायाधीश बनाउन खोजेका थिए । तर, महाभियोग लागेपछि उनको योजना तुहिएको थियो । उनले आफ्ना पार्टनरहरू मनोज कुमार शर्मा सर्वोच्च र नवराज थपलियालाई क्रमशः सर्वोच्च र उच्चको न्यायाधीश तथा किशोर सिलवाललाई अख्तियारको आयुक्त बनाएका थिए ।

ईश्वर खतिवडापुत्र अपूर्वको गुरु भएको र खतिवडाको पनि बीचौलीया बनेर सक्रिय थिए आशिष । उनी अघिल्लो ६ जनाको नियुक्तिमै सर्वोच्च छिर्नेमा ढुक्क थिए । अख्तियार आयुक्त किशोर सिलवालसँग टेराम्याक्स घोटलामा जोडिएका पूर्वमन्त्रीहरु मोहन बहादुर बस्नेत र ज्ञानेन्द्र बहादुर कार्कीको सेटिङ मिलाइ मुद्दा नचलाइदिएको पुरस्कारस्वरूप कार्कीले बुढानिलकण्डलाई समेत व्यवस्थापन गरी आशिषलाई सर्वोच्च ल्याउन कानूनमन्त्री चौरासियालाई ठूलै दबाब दिएको विश्वस्त स्रोतले बताएको छ । आशिषका पिता हेटौँडँका वरिष्ठ अधिवक्ता किशोर अधिकारी मन्त्री चौरासियासँग परिचित पनि हुन् । हेटौँडाकै शक्तिशाली काँग्रेस नेता डिना उपाध्याय पनि आशिषलाई न्यायाधीश बनाउन देउवाकोमा खूबै धाइन्। यी सारा चलखेलका जानकार प्रधानन्यायाधीश श्रेष्ठले वरिष्ठ अधिवक्ता नभएको बहानामा उनलाई पन्छ्याउन खोजे । नियुक्तिको हलो पनि अड्कियो । तर, आशिषले शक्तिकेन्द्र लगाएर अड्किएको हलो फुकाएको बुझिएको छ । रातभर अर्को घटना नभए आशिष बिहिबार ११ बजे वरिष्ठ अधिवक्ता भई न्यायाधीश बन्ने ढोका खोल्नेछन् । उनको यो शक्तिका पछाडि ज्ञानेन्द्र बहादुर कार्कीको टेरामक्स प्रकरण पनि कार्ड बन्न सक्यो ।

देशमा यो हदसम्मको न्यायालयमा हस्तक्षेपले गम्भीर अवस्था बनिसकेको छ । पैसा, परिवार र आसेपासेलाई अदालतमा धमाधम न्यायाधीश बनाइएको घटना बँगलादेशसँग मिल्दोजुल्दो देखिएको । शेख हसिनाले त्यस्तै कदम चाल्दा बिष्फोटक अवस्था आयो । सत्ता पलट हुँदा प्रधानन्यायाधीश देखि न्यायाधीशहरुसम्मले पद छाड्न वाध्य हुनुपर्यो । यस्तै परिस्थिति कायम रहे नेपालमा यही घटना नदोहोरियला भन्न सकिदैन ।

सर्वोच्चको न्यायाधीश नियुक्तिमा कल्याणकै सेटिङ, यसरी चल्दैछ चलखेल

न्यायाधीश बनाउन करोडौंको डिल, विदेशसम्म दौडधूप

न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेली

गोविन्दराज, धनराज र सूर्यनाथको त्रिकोणीय प्रतिशोधमा बालकृष्ण श्रीमान शिखण्डी

न्यायाधीश नियुक्तिमा कल्याण-विश्वम्भर साँठगाँठ

रविलाई लखेट्दा काँग्रेस र एमालेका नेताको भागाभाग

धनराज र ऋषिकेशलाई जोगाउने खेल

प्रतिक्रिया