५ आश्विन २०८१, शनिबार | September 21, 2024

हजारौं सहकारीको रकम अपचलनमा मुख्य दलका नेता कार्यकर्ता संलग्न


September 21, 2024
498
Shares

काठमाडौं, ५ असोज । सहकारीको रकम अपचलनमा हाइप्रोफाइलको नाम नै संसदीय छानविन समितिले सार्वजनिक गरेको छ । जसमा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, राप्रपा केन्द्रीय सदस्य पुष्पराज पुरुष, माओवादीका पूर्वकमाण्डर तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायतको नाम उल्लेख छ ।

सहकारीको रकम अपचलनमा कतिपय शक्तिशाली व्यक्तिहरु पक्राउ पर्ने र भाग्ने क्रम चलेको छ । कतिपय बच्ने दाउ कसिरहेका छन् ।

काँग्रेस उपसभापति धनराज गुरुङ, एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीहरुले पत्नीलाई प्रयोग गरी १५ करोड हिनामिना गरेको तथ्य बाहिरिएको छ । धनराजले त पत्नी ज्योति गुरुङसँग नाटकीय ढंगले पारपाचुके गरेर अमेरिकामा शरणार्थी बनाएर राखेका छन् ।

सहकारीको रकम अपचलनमा अधिकांश एमाले कार्यकर्ता संलग्न छन् । उनीहरु सहकारीको संचालक बनेर संगठन निर्माणमा लागेका छन् । तर, सर्वसाधारणको रकम व्यापक रुपमा अपचलन गरिएको छ ।

काँग्रेस र माओवादीका नेता कार्यकर्ताले पनि आफ्ना आसेपासो राखेर सहकारीको रकम हिनामिना गरेका छन् । यसबारे तथ्यहरु धमाधम बाहिरिएको छ ।

प्रतिक्रिया