४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ओलीमाथि खतरा नै खतरा


September 20, 2024
1.3k
Shares

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खतरा बढ्दै गएको छ । उनीमाथि सामाजिक सञ्जालमा योजनावद्ध आक्रमण चलिरहेको छ । अर्कोतर्फ, सार्वजनिक कार्यक्रममा पनि विरोध बढ्न थालेको छ ।

ओलीको विरुद्ध भाद्रमा टुँडिखेलमा नारावाजी भयो । त्यतिबेला विरोध गर्नेमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

बिहिबार संविधान दिवसमा आयोजित कन्सर्टमा पनि ओलीको विरोध भयो । उनी बोलिरहँदा मूर्दावादको नारा लाग्यो । यतिसम्मकी ओलीको नामै तोकेर गालीगलौज भयो ।

कन्सर्टमा बालेन साहको समर्थक भनिएकाहरुले धक्काधक्की नै गरे । प्रहरीले त्यसमध्ये कतिपयलाई पक्राउ गरेको छ ।

ओली सहभागी सार्वजनिक कार्यक्रमहरुमा विरोध बढ्दै जाँदा उनको असुरक्षा बढेको छ । यसै पनि ओलीले आन्तरिक बैठकहरुमा घेराबन्दी बढ्दै गएको बताइरहेका छन् ।

ओली प्रधानमन्त्री भएपछि विवादास्पद निर्णयहरु भएका छन् । यसले पनि उनको आलोचक बढेका छन् ।

 

प्रतिक्रिया