१९ बैशाख २०८३, शनिबार | May 2, 2026

धनराजको डिभोर्सको नौटंकी देखि अमेरिका र अष्ट्रेलियामा लगानी


September 16, 2024
24.2k
Shares

आलोक गौतमः नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले “धनको राज” को उपमा पाउन थालेका छन्। भ्रष्टाचारविरुद्ध चर्को बोल्ने परिचय बनाएका उनको सहकारी ठगी देखि भ्रष्टाचार छताछुल्ल भएको छ । नंविसंघ र तरुण दलको राजनीति गर्दै काँग्रेस उपसभापति हुँदै कानूनमन्त्री सम्म बनिसकेका धनराजले रातो पासपोर्ट कान्डमा आफूलाई जोगाउन सफल भएका थिए । तर, उनको उक्त काण्डको प्रमाण प्रहरीमा अझै सुरक्षित रहेको बुझिएको छ । विगतमा सीआइबीले यो काण्डको पुनः छानविन गर्दा उनले शक्तिकेन्द्र लगाएर आफूलाई जोगाएका थिए ।

राजनीतिक आवरणमा नेता र विशिष्ठ व्यक्तिहरूको कुटनैतिक राहदानीमा फोटो परिवर्तन ९पिसि० गरी मानव तस्करीलाई व्यवसाय बनाएका थिए । धनराज शेखर क्याम्पबाट कानूनमन्त्री बन्न पाउनुमा काङ्ग्रेस महाधिवेसनमा गगन थापा क्याम्पमा बसी शेरबहादुर देउवालाई संसदीय दलको नेतामा मतदान गरेको स्क्रिनसट आरजु राणालाई देखाउन सफल भएको विषय काँग्रेसको उच्च तहमा चर्चित विषय हो ।

रातो पासपोर्ट कान्डमा सजाय पाए राजनीतिक जीवन समाप्त हुने खतरा देखी सफाइ पाउन अदालतका कर्मचारी, फाँटवाला, वकील, नेता, दलको कोटामा बनेका न्यायाधीश कहाँ खुबै धाएका थिए । रातो पासपोर्टकाण्डमा ठूलो धनरासी खर्च गरी मुद्दा जितेको विषय पनि कानून व्यवसायीको क्षेत्रमा चर्चित छ । धनराज कानूनमन्त्री बनेर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ठूलो सङख्यामा रिक्त न्यायाधीश पद नियुक्तिमा आर्थिक जोहो गरे ।

न्यायाधीश बनाउन करोडौँको डिल, विदेशसम्म दौडधुप, न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेलीगोविन्दराज, धनराज र सूर्यनाथको त्रिकोणीय प्रतिशोधमा बालकृष्ण श्रीमान् लगायत शीर्षकमा यस प्रकाशनद्वारा प्रकाशित खोज समाचारले सत्य तथ्य उजागरमात्रै नगरी स्थापित पनि गरेका छन् । नेपाली समाजमा मण्डी ओढेर घीऊ खाने पात्रहरुबारे समाचारले तथ्य सहित उजागर गरेको छ ।

नक्कली सम्बन्धविच्छेद
रातो पासपोर्ट कान्डबाट सफाइ पाएपछि नेविसंघ सभापति छँदा मोटो रकम लिई कार्यक्रमसँग असम्बन्धित व्यक्तिलाई युरोप, अमेरिका, अष्ट्रेलियामा मानव तस्करीमा लागेका धनराजको तेस्रो नेत्र सहकारीतर्फ तेर्सियो । उनले मितेरी सहकारीका अध्यक्ष स्याङ्गजाकै गाउँले कुम्भराज गुरुङलाई फस्ल्याङ फुस्लुङ पारी एकाउन्टेन्ट पदमा पत्नी ज्योती गुरुङलाई जागिर खुवाए । नेपाली काङ्ग्रेसकै कार्यकर्ता रहेका कुम्भराजले ज्योतीलाई म्यानेजर हुँदै सिइओ बनाए । त्यसपछि आफ्नै हात जगन्नाथ भएका धनराज(ज्योती दम्पतीले सहकारीको करिब १५ करोड हात पारेको तथ्य बाहिरियो । सो बाहेक धनराज र ज्योतीले छुट्टै व्यक्तिगत ऋण पनि लिए । सहकारीको पैसा पचाउन उनले ललितपुर जिल्ला अदालतबाट २०७६ फागुन २९ मा गरेको नक्कली सम्बन्धविच्छेद मुद्दाको पटाक्षेप नेपालीपेनले २०८० मङ्सिर ७ मै गरिसकेको थियो । नक्कली सम्बन्धविच्छेद गराउन काङ्ग्रेसी आस्थाका न्यायाधीश रमेशप्रसाद रिजालसँग सेटिङ मिलाउन उनले काङ्ग्रेस नेता डा। मिनेन्द्र रिजाललाई भर्‍याङ बनाएका थिए । २९ गते हाजिर रहेका ३ न्यायाधीशमध्ये मदनबहादुर धामी र पिताम्बर शर्मा एमाले भएकोले कर्मचारीको सेटिङमा गुरुङको मुद्दा रिजालको इजलासमा पार्ने तारताम्य मिलाएको तत्कालीन अवस्थामा फिराद शाखामा कार्यरत एक कर्मचारीले नेपालीपेनलाई बताए ।

अहिले सहकारी ठगीबाट बँच्न मिडियामा आफ्नो अनुमतिविना सहकारी अध्यक्षसँग पत्नी ज्योती हङकङ, थाइल्याण्ड र सिङ्गापुर जाने, महिनौँ हराउने गरेको भनी दुई सन्तानकी आमा आफ्नै धर्मपत्नी माथि उनले लगाएको चारित्रिक आरोप गम्भीर विषय हो । यसको खण्डन सम्बन्धविच्छेदको लागि पत्नी ज्योतिको तर्फबाट फागुन २८ मा फिराद दर्ता भएको कुरा धनराजले सोहीदिन थाहा पाएर भोलिपल्टै २९ गते निवेदनसहित अदालतमा आफैँ उपस्थित भई हातैमा म्याद बुझी रेडिमेड प्रतिउत्तरपत्र फिराइ उसैदिन विद्युतीय गतिमा सम्बन्धविच्छेद गराएको अदालतको अभिलेखबाट देखिन्छ । यदि उनले अभिव्यक्तिमार्फत् प्रतिरक्षा गरेजस्तो पत्नीसँग सम्बन्ध साँच्चै बिग्रेको भए अदालतबाट म्याद तामेल त परको कुरा म्याद जारीसम्म नहुँदैको अवस्थामा आफ्नो विरुद्ध फिराद दर्ता भएको कुराको जानकारी उनलाई तत्कालै कसरी हुन्छ ? उनको मुद्दा म्याद जारी गर्ने, तामेलीको लागि तामेलदार खटाउने, रीतपूर्वक तामेल भएपछि तोकिएको म्यादभित्र प्रतिउत्तरपत्र लिई अदालतमा उपस्थित हुने, प्रमाण बुझ्ने, साक्षी बकपत्र र फैसला गर्ने तमाम अदालती कार्यविधि र प्रकृया छली अघिल्लो दिनमा दर्ता भएको मुद्दा भोलिपल्टै सेटिङमा मिलापत्र भएको छ । यसबाट सम्बन्धविच्छेद पूर्व योजना र मिलिभगतमा भएको छर्लङ्ग हुन्छ ।

 

 

स्रोतका अनुसार उनले रातो पासपोर्ट कान्डको अर्थोपार्जनपछि पूर्वयोजना अनुसार नै सहकारीको रकममा गिद्धे नजर लगाइ पत्नी ज्योतीलाई जागिरमा घुसाएका, रकम हिनामिना र सम्बन्धविच्छेद गरेका हुन् । उनले सम्बन्धविच्छेदपूर्व नै कानून व्यवसायी र निकटस्थ हरूसँग यो विषयमा सरसल्लाह गरेको कुरा त्यतिखेरै बाहिर आएको थियो । उनका वकीलले एकासगोलमा बसेको बेलाको ऋण धन सम्बन्धविच्छेद गरेपनि बेहोर्नुपर्ने बताएपनि उनी ऋण नतिर्ने दृढनिष्चयका साथ छोरालाई अष्ट्रेलिया र पत्नीलाई अमेरिका पठाइ उन्मुक्ति पाउने योजनामा थिए । पूर्वयोजनानुसार उनलेअहिले उनका छोरा अष्ट्रेलिया, पत्नी अमेरिका र सालो हङकङ छन् ।

पत्नीसँगै अमेरिका
२०७६ मा सम्बन्धविच्छेद गरेपछि उनी एनआरएन अमेरिकाको निम्तोमा २०२० फेब्रुअरीमा टेक्सासमा आयोजित कार्यक्रममा जाँदा आफूसँग अमेरिकी भिषा भएको तर पत्नीसँग नभएकोले भिषाको लागि स्पोन्सर गरिदिन तत्कालीन एनआरएन अध्यक्ष सुनिल साहलाई अनुनयविनय गरी भिषा लागेपछि सँगै टेक्सास लिएर गएका थिए ।

मन्त्रीपत्नी अमेरिकामा शरणार्थी
सहकारीमा ठगेको रकम पचाउन उनले पत्नीलाई आफू साथै अमेरिका लगेर नेपालीहरू कम बसोबास गर्ने न्यूयोर्क राज्यको बफेलो भन्ने ठाउँमा स्याङ्गजाकै अधिकारी थरका एकजना नेपालीको घरमा डेरामा राखी न्यूयोर्कका अध्यागमन मामिला हेर्ने वकील खगेन्द्र जि।सी। मार्फत असाइलम फाइल गराएका थिए । असाइलम फाइल गर्दा नेपाल फर्किएमा आफ्नो जीउज्यानमा खतरा हुने तथ्ययुक्त प्रमाण आवेदकले पेस गर्नु अनिवार्य भएको र त्यतिखेर माओवादी हिंसा समाप्त भइसकेकोले माओवादी पीडित दाबी गर्न नमिल्ने भएकोले पतिसँग सम्बन्ध राम्रो नभएको र पति सत्तारुढ दल नेपाली काङ्ग्रेसको ठूलो नेता भएकोले नेपाल फर्केमा आफ्नै पतिबा

प्रतिक्रिया