२ आश्विन २०८१, बुधबार | September 19, 2024

धनराजको डिभोर्सको नौटंकी देखि अमेरिका र अष्ट्रेलियामा लगानी


September 16, 2024
20.6k
Shares

आलोक गौतमः नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले “धनको राज” को उपमा पाउन थालेका छन्। भ्रष्टाचारविरुद्ध चर्को बोल्ने परिचय बनाएका उनको सहकारी ठगी देखि भ्रष्टाचार छताछुल्ल भएको छ । नंविसंघ र तरुण दलको राजनीति गर्दै काँग्रेस उपसभापति हुँदै कानूनमन्त्री सम्म बनिसकेका धनराजले रातो पासपोर्ट कान्डमा आफूलाई जोगाउन सफल भएका थिए । तर, उनको उक्त काण्डको प्रमाण प्रहरीमा अझै सुरक्षित रहेको बुझिएको छ । विगतमा सीआइबीले यो काण्डको पुनः छानविन गर्दा उनले शक्तिकेन्द्र लगाएर आफूलाई जोगाएका थिए ।

राजनीतिक आवरणमा नेता र विशिष्ठ व्यक्तिहरूको कुटनैतिक राहदानीमा फोटो परिवर्तन ९पिसि० गरी मानव तस्करीलाई व्यवसाय बनाएका थिए । धनराज शेखर क्याम्पबाट कानूनमन्त्री बन्न पाउनुमा काङ्ग्रेस महाधिवेसनमा गगन थापा क्याम्पमा बसी शेरबहादुर देउवालाई संसदीय दलको नेतामा मतदान गरेको स्क्रिनसट आरजु राणालाई देखाउन सफल भएको विषय काँग्रेसको उच्च तहमा चर्चित विषय हो ।

रातो पासपोर्ट कान्डमा सजाय पाए राजनीतिक जीवन समाप्त हुने खतरा देखी सफाइ पाउन अदालतका कर्मचारी, फाँटवाला, वकील, नेता, दलको कोटामा बनेका न्यायाधीश कहाँ खुबै धाएका थिए । रातो पासपोर्टकाण्डमा ठूलो धनरासी खर्च गरी मुद्दा जितेको विषय पनि कानून व्यवसायीको क्षेत्रमा चर्चित छ । धनराज कानूनमन्त्री बनेर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ठूलो सङख्यामा रिक्त न्यायाधीश पद नियुक्तिमा आर्थिक जोहो गरे ।

न्यायाधीश बनाउन करोडौँको डिल, विदेशसम्म दौडधुप, न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेलीगोविन्दराज, धनराज र सूर्यनाथको त्रिकोणीय प्रतिशोधमा बालकृष्ण श्रीमान् लगायत शीर्षकमा यस प्रकाशनद्वारा प्रकाशित खोज समाचारले सत्य तथ्य उजागरमात्रै नगरी स्थापित पनि गरेका छन् । नेपाली समाजमा मण्डी ओढेर घीऊ खाने पात्रहरुबारे समाचारले तथ्य सहित उजागर गरेको छ ।

नक्कली सम्बन्धविच्छेद
रातो पासपोर्ट कान्डबाट सफाइ पाएपछि नेविसंघ सभापति छँदा मोटो रकम लिई कार्यक्रमसँग असम्बन्धित व्यक्तिलाई युरोप, अमेरिका, अष्ट्रेलियामा मानव तस्करीमा लागेका धनराजको तेस्रो नेत्र सहकारीतर्फ तेर्सियो । उनले मितेरी सहकारीका अध्यक्ष स्याङ्गजाकै गाउँले कुम्भराज गुरुङलाई फस्ल्याङ फुस्लुङ पारी एकाउन्टेन्ट पदमा पत्नी ज्योती गुरुङलाई जागिर खुवाए । नेपाली काङ्ग्रेसकै कार्यकर्ता रहेका कुम्भराजले ज्योतीलाई म्यानेजर हुँदै सिइओ बनाए । त्यसपछि आफ्नै हात जगन्नाथ भएका धनराज(ज्योती दम्पतीले सहकारीको करिब १५ करोड हात पारेको तथ्य बाहिरियो । सो बाहेक धनराज र ज्योतीले छुट्टै व्यक्तिगत ऋण पनि लिए । सहकारीको पैसा पचाउन उनले ललितपुर जिल्ला अदालतबाट २०७६ फागुन २९ मा गरेको नक्कली सम्बन्धविच्छेद मुद्दाको पटाक्षेप नेपालीपेनले २०८० मङ्सिर ७ मै गरिसकेको थियो । नक्कली सम्बन्धविच्छेद गराउन काङ्ग्रेसी आस्थाका न्यायाधीश रमेशप्रसाद रिजालसँग सेटिङ मिलाउन उनले काङ्ग्रेस नेता डा। मिनेन्द्र रिजाललाई भर्‍याङ बनाएका थिए । २९ गते हाजिर रहेका ३ न्यायाधीशमध्ये मदनबहादुर धामी र पिताम्बर शर्मा एमाले भएकोले कर्मचारीको सेटिङमा गुरुङको मुद्दा रिजालको इजलासमा पार्ने तारताम्य मिलाएको तत्कालीन अवस्थामा फिराद शाखामा कार्यरत एक कर्मचारीले नेपालीपेनलाई बताए ।

अहिले सहकारी ठगीबाट बँच्न मिडियामा आफ्नो अनुमतिविना सहकारी अध्यक्षसँग पत्नी ज्योती हङकङ, थाइल्याण्ड र सिङ्गापुर जाने, महिनौँ हराउने गरेको भनी दुई सन्तानकी आमा आफ्नै धर्मपत्नी माथि उनले लगाएको चारित्रिक आरोप गम्भीर विषय हो । यसको खण्डन सम्बन्धविच्छेदको लागि पत्नी ज्योतिको तर्फबाट फागुन २८ मा फिराद दर्ता भएको कुरा धनराजले सोहीदिन थाहा पाएर भोलिपल्टै २९ गते निवेदनसहित अदालतमा आफैँ उपस्थित भई हातैमा म्याद बुझी रेडिमेड प्रतिउत्तरपत्र फिराइ उसैदिन विद्युतीय गतिमा सम्बन्धविच्छेद गराएको अदालतको अभिलेखबाट देखिन्छ । यदि उनले अभिव्यक्तिमार्फत् प्रतिरक्षा गरेजस्तो पत्नीसँग सम्बन्ध साँच्चै बिग्रेको भए अदालतबाट म्याद तामेल त परको कुरा म्याद जारीसम्म नहुँदैको अवस्थामा आफ्नो विरुद्ध फिराद दर्ता भएको कुराको जानकारी उनलाई तत्कालै कसरी हुन्छ ? उनको मुद्दा म्याद जारी गर्ने, तामेलीको लागि तामेलदार खटाउने, रीतपूर्वक तामेल भएपछि तोकिएको म्यादभित्र प्रतिउत्तरपत्र लिई अदालतमा उपस्थित हुने, प्रमाण बुझ्ने, साक्षी बकपत्र र फैसला गर्ने तमाम अदालती कार्यविधि र प्रकृया छली अघिल्लो दिनमा दर्ता भएको मुद्दा भोलिपल्टै सेटिङमा मिलापत्र भएको छ । यसबाट सम्बन्धविच्छेद पूर्व योजना र मिलिभगतमा भएको छर्लङ्ग हुन्छ ।

 

 

स्रोतका अनुसार उनले रातो पासपोर्ट कान्डको अर्थोपार्जनपछि पूर्वयोजना अनुसार नै सहकारीको रकममा गिद्धे नजर लगाइ पत्नी ज्योतीलाई जागिरमा घुसाएका, रकम हिनामिना र सम्बन्धविच्छेद गरेका हुन् । उनले सम्बन्धविच्छेदपूर्व नै कानून व्यवसायी र निकटस्थ हरूसँग यो विषयमा सरसल्लाह गरेको कुरा त्यतिखेरै बाहिर आएको थियो । उनका वकीलले एकासगोलमा बसेको बेलाको ऋण धन सम्बन्धविच्छेद गरेपनि बेहोर्नुपर्ने बताएपनि उनी ऋण नतिर्ने दृढनिष्चयका साथ छोरालाई अष्ट्रेलिया र पत्नीलाई अमेरिका पठाइ उन्मुक्ति पाउने योजनामा थिए । पूर्वयोजनानुसार उनलेअहिले उनका छोरा अष्ट्रेलिया, पत्नी अमेरिका र सालो हङकङ छन् ।

पत्नीसँगै अमेरिका
२०७६ मा सम्बन्धविच्छेद गरेपछि उनी एनआरएन अमेरिकाको निम्तोमा २०२० फेब्रुअरीमा टेक्सासमा आयोजित कार्यक्रममा जाँदा आफूसँग अमेरिकी भिषा भएको तर पत्नीसँग नभएकोले भिषाको लागि स्पोन्सर गरिदिन तत्कालीन एनआरएन अध्यक्ष सुनिल साहलाई अनुनयविनय गरी भिषा लागेपछि सँगै टेक्सास लिएर गएका थिए ।

मन्त्रीपत्नी अमेरिकामा शरणार्थी
सहकारीमा ठगेको रकम पचाउन उनले पत्नीलाई आफू साथै अमेरिका लगेर नेपालीहरू कम बसोबास गर्ने न्यूयोर्क राज्यको बफेलो भन्ने ठाउँमा स्याङ्गजाकै अधिकारी थरका एकजना नेपालीको घरमा डेरामा राखी न्यूयोर्कका अध्यागमन मामिला हेर्ने वकील खगेन्द्र जि।सी। मार्फत असाइलम फाइल गराएका थिए । असाइलम फाइल गर्दा नेपाल फर्किएमा आफ्नो जीउज्यानमा खतरा हुने तथ्ययुक्त प्रमाण आवेदकले पेस गर्नु अनिवार्य भएको र त्यतिखेर माओवादी हिंसा समाप्त भइसकेकोले माओवादी पीडित दाबी गर्न नमिल्ने भएकोले पतिसँग सम्बन्ध राम्रो नभएको र पति सत्तारुढ दल नेपाली काङ्ग्रेसको ठूलो नेता भएकोले नेपाल फर्केमा आफ्नै पतिबाट जीउज्यानमा खतरा हुने नक्कली स्टोरी पेस गरेकी र सोको साथमा पतिले बारम्बार कुटपिट गर्ने गरेको भनी नीलडाम समेत भएको फोटोहरूसमेत प्रमाणको रूपमा पेस गरेकी थिइन् । हाल उनको असाइलम आवेदन स्वीकार भई शरणार्थी दर्जा पाइसकेको र यस प्रकाशनले उनी बसेको लोकेसनसमेत सार्वजनिक गरेकोले अहिले ज्योतीलाई धनराजले क्यालिफोर्निया सारेका छन् । उनका अमेरिकी वकील खगेन्द्र जिसी एनआरएनको पछिल्लो सम्मेलनमा दशैँमा काठमाडौँ आउँदा धनराजलाई कानून मन्त्रालयमै गई भेटघाट गरेका थिए ।

छोरालाई ट्याक्सको सोधपूछ
धनराज कानून मन्त्री भएपछि न्यायाधीश नियुक्तिमा करोडौँ असुलेको समाचार नेपालीपेनले तिथिमितिसहित सार्वजनिक गरेको थियो । आसन्न नियुक्ति रोकेर उनी पटक(पटक अष्ट्रेलिया, हङकङ र अमेरिका यात्रामा गएका थिए । उच्च अदालतमा रोलक्रमको २३ औं स्थानमा रहेका स्याङ्गजाकै एक चालु न्यायाधीशलाई छोराको सेटिङमा सर्वोच्च छिराउन प्रभावशाली परिषद सदस्य ईश्वर खतिवडाले दबाब दिएपछि आफ्नै जिल्लाका एमाले कार्यकर्ता समेत रहेका ती न्यायाधीशलाई अत्यन्तै जुनियर भनी धनराजले विरोध गरे । खतिवडाको सल्लाह अनुसार राजस्व न्यायाधीकरणका अध्यक्ष रहेका ती न्यायाधीशले धनराजसँग डिल गर्न राजस्व छली मुद्दामा शुभलाभमा रहेका मारवाडी र व्यापारी प्रयोग गरे । व्यापारीमार्फत डिल फाइनल भएपछि धनराज पिएसहित अष्ट्रेलिया गई डलरमा डिल सम्पन्न गरी फर्केपछि पहिले विरोध गरेका तिनै न्यायाधीशलाई सर्वोच्च लैजान राजी भएका थिए । यसको रहस्य ईश्वर खतिवडालाई मात्र जानकारी थियो । धनका लागि मरिमेट्ने उनले पहिले जुनियर भनी प्रतिरोध गरेको व्यक्तिलाई अष्ट्रेलियाबाट फर्कने बित्तिकै युटर्न लिई नियुक्ति गर्न मन्त्री राजी भए । जुनियरलाई एकैचोटी त्यति तलबाट तानी सर्वोच्च ल्याउन नहुने कुरा परिषदमा उठेपछि ईश्वरकै जुक्तिमा न्याय परिषद नियमावली संसोधनको नौटङ्की मञ्चन गरी २३ नं। मा रहेका ती न्यायाधीशलाई १० नं। मा उकाली त्यसमाथिका सिनियरलाई पाखा लगाइ सर्वोच्चमा नियुक्ति दिलाएका थिए ।

सामान्य डिपोजिट र विथड्रअल हुने छोरा धनराज पुत्र विभाष र उनकी प्रेमिकाको अकाउन्टमा १ हप्ताको अन्तरालमा ५ लाख डलर फरकरफरक किस्तामा जम्मा गराएको स्वचालित अलर्ट बैङ्कबाट प्राप्त भएपछि कमनवेल्थ अफ अष्ट्रेलियाको ट्याक्सेसन अफिसले यतिधेरै रकम कहाँबाट आयो भनी उनको छोरा र प्रेमिकालाई मनि लाउन्ड्रिङमा शङ्का गरी सोधपूछ गरेको थियो । पछि रकम ट्रान्सफर गरिदिने व्यापारीले डिडक्टेबल गिफ्ट रिसिट ९डिजिआर० भरी उक्त रकम गिफ्ट बापत हो भनी क्लियरिफाई गरिदिएपछि उनीहरू जोगिएका थिए । उनै प्रेमिकासँग विभाषको विवाह भइसकेको छ । उक्त विवाहमा पिए प्रेमप्रकाश के।सी। सहित उनी गएका थिए ।

सानफ्रान्सिस्कोमा रिसोर्ट किन्दै
अष्ट्रेलियाबाट फर्के लगत्तै न्यायाधीश नियुक्ति थाँती राखी बाँकीडिल गर्न उनी फेरि पिए सहित अमेरिका हानिएका थिए । सर्वोच्चको न्यायाधीश आकाङ्क्षी एक उम्मेदवारका आफन्तले बुक गरिदिएको सानफ्रान्सिस्कोको डबल ट्रि होटलमा १० लाख डलरको डिल सम्पन्न गरी न्यूयोर्क गई अर्का आकाङ्क्षीसँग १२ लाख डलरको डिल सम्पन्न गरेका थिए । उक्त डिलमा बफेलोमा रहेकी पत्नी ज्योती पत्नी र स्याङ्जाकै एक एनआरएन पनि सामेल भएको तथा पर्वत घर भएका अर्का एक न्यायाधीशसँग डिल गरेको पैसा पनि एनआरएन व्यापारीमार्फत डलरमा अमेरिका स्थातान्तरण गरिएको थियो । मन्त्री गुरुङ बसेको होटल र डिलको विवरण सहित समाचार नेपालीपेनले उसैबखत सार्वजनिक गरेको थियो । अमेरिकामा बुझेको रकमले चेन रिसोर्टमा लगानी गर्न उनी त्यसपछि पटक(पटक पिएसहित अमेरिका गएका थिए । नेपालबाट सहकारीको करिव ३३ करोड ठगेर गएका राजु खड्का नामक व्यक्ति, सानफ्रान्सिस्कोमै बस्ने हेटौँडाका रवि सिंह बस्नेत, पिए प्रेमको नातेदार रुकुमका थलवीर ओली र धनराज मिली सानफ्रान्सिस्को बे एरियामा ठूलो चेन होटल रिसोर्ट खरिद गर्ने र त्यसको म्यानेजमेन्ट पत्नी ज्योतीलाई सुम्पन उनले ज्योतीलाई अहिले बफेलोबाट सानफ्रान्सिस्को सारेका छन् । स्मरण रहोस् ने।का।ले संसद अवरोध गर्दाका बखत ओलीको नाकैमा औँला तेर्‍स्याएको दुईदिन अघिमात्र उनी पिएलाई उतै छोडी क्यालिफोर्नियाबाट फर्केका थिए ।

उच्चको पैसाले सहकारीको ऋण चुक्ता
न्यायाधीश नियुक्तिपूर्व सर्वोच्च र उच्च दुवैको न्यायाधीश नियुक्तिबाट प्राप्त पैसाले सहकारीबाट घोटला गरेको रकम तिरिदिने सोच बनाएका धनराजको नियत ठूलो मात्रामा धनरासी हत परेपछि रातारात फेरियो । उनले सर्वोच्च नियुक्तिबाट प्राप्त पैसा अमेरिकामै लगानी गर्ने योजना बनाएपछि उच्च अदालतका न्यायाधीश नियुक्तिको पैसामात्र सहकारीको ऋणतिर्न प्रयोग गरे । मितेरी सहकारीमा पत्नी र आफ्नो नामको ऋणको किस्ता उनले एकैपटक तिरेको ८४ लाखको स्रोत त्यही भएको बताइन्छ । धनराजको न्यायाधीश नियुक्तिको डिलमा एकजना उनकै हितैषी सर्वोच्चकै बहालवाला न्यायाधीश पनि हिस्सेदार रहेको र खासगरी जिल्ला र उच्चको नियुक्तिमा उनी फोकल पर्सन भई काम गरेका न्यायाधीश पद किन्न घरै बेच्न बाध्य भएका हाल उच्चमा कार्यरत न्यायाधीशले आफन्तसँग दुःखेसो व्यक्त गरेका छन् । धनराजले वकीलबाट न्यायाधीश बन्नेको डिल सर्वोच्चको लागि सिधै र जिल्ला र उच्चको लागि पिए र तिनै न्यायाधीशमार्फत गरेपनि क्याडरबाट जिल्ला, उच्च र सर्वोच्चमा नियुक्त हुनेको डिलको सामूहिक जिम्मा भने विश्वम्भरले ईश्वर खतिवडालाई दिएका थिए । ईश्वरको डिलमा उनका छोरा अपूर्व र ईश्वरकै वरिपरि घर भएका चोलेन्द्रका बीचौलिया भनी चिनिने अधिकारी थरका वकील पनि सामेल भएको बताइन्छ ।

निर्वाचनको उम्मेदवारको फर्ममा पनि ज्योतीकै नाम
स्वास्नीको चरित्र राम्रो नभएको, २०७६ सालमै सम्बन्धविच्छेद भएको, त्यसपछि आफ्नो सम्बन्धै नभएको दाबी गरी टेलिभिजन अन्तर्वार्तामा रोएर नौटङ्की गर्ने धनराजले गत निर्वाचनमा स्याङ्गजाबाट प्रतिनिधिसभाको लागि उम्मेदवार फाराम भर्दा पत्नीको नामको महलमा ज्योती गुरुङनै भरेको तथ्य फेला परेको छ । यो निर्वाचन आयोगको रेकर्डमा सुरक्षित छ।

बुढानीलकण्ठको शरण
रातो पासपोर्ट कान्डको विरासत बोकेका धनराज पार्टीभित्रको गुट उपगुटको फाइदा उठाँउँदै मन्त्री बने लगत्तै न्यायाधीश नियुक्तिमा ठूलो रकम कुम्ल्याएकोमा शेरबहादुर र आरजू बेखुसी भएकै बेला धनराजकै योजनामा स्याङ्गजाकै महासमिति सदस्य लगायतका केही शुभचिन्तक हरूको पहलमा मितेरी सहकारी अध्यक्ष कुम्भराजलाई लिई हालसालै देउवा निवास धाएको, अपचलन गरेको भनिएको १४ करोड ८० लाखमध्ये आफूले १२ करोड मात्र जिम्मा लिने र हिसाबकिताब मिलाएर कुरो सामसुम पार्ने प्रस्तावमा देउवाले पहिले कुरो मिलाएर आउनू भनी टोलीलाई फर्काएको सूचना नेपालीपेनलाई प्राप्त भएको छ ।

न्यायाधीश बनाउन करोडौंको डिल, विदेशसम्म दौडधूप

न्यायाधीश बनाउन पैसा, पावर र नातावादको नालीबेली

गोविन्दराज, धनराज र सूर्यनाथको त्रिकोणीय प्रतिशोधमा बालकृष्ण श्रीमान शिखण्डी

न्यायाधीश नियुक्तिमा कल्याण-विश्वम्भर साँठगाँठ

रविलाई लखेट्दा काँग्रेस र एमालेका नेताको भागाभाग

धनराज र ऋषिकेशलाई जोगाउने खेल

प्रतिक्रिया