देउवाको उमेर कति ?

काठमाडौं, २७ भाद्र । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको आज जन्मदिन । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर बधाई दिएका छन् । ओलीले देउवालाई बधाई दिएको तस्बिर सामाजिक सञ्जालमा समेत राखेका छन् ।
देउवा ७९ वर्ष कटेर ८० लागेको औपचारिक कागजपत्रमा देखिन्छ । तर, पत्रकार देवप्रकाश त्रिपाठीले देउवा केही वर्ष अघि नै ८० लागिसकेको बारम्बार उल्लेख गरेका छन् ।
देउवाले ५० कटेपछि आरजु राणासँग विवाह गरेका थिए । राणा अहिले परराष्ट्रमन्त्री छिन् । उनका छोरा जयवीर देउवा छन् ।