३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मलाइकाको आमा-बुवा सम्बन्धविच्छेदपछि पनि संगै बस्दै आएका थिए !


September 11, 2024
166
Shares

काठमाडौं,२६ भदौं । बलिउड अभिनेत्री मलाइका अरोराका बुबाको बुधबार निधन भएको छ । बिहान ९ बजे ६२ वर्षिय अनिल अरोराको बान्द्रास्थित उनको अपार्टमेन्ट आयशा मनोरमा शव फेला परेको थियो ।

उनको मृत्युको खबरमा दुई किसिमका कुराहरु आइरहेका छन् । एकातिर डीसीपी राज तिलक रोशनले प्रारम्भिक अनुसन्धानमा आत्महत्याको कुरा बाहिर आएको बताएका छन् । उनले छैटौं तलाबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ ।

प्रहरी र फरेन्सिक टोलीले हरेक कोणलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म कुनै सुसाइड नोट फेला परेको छैन । यसै क्रममा मलाइकाका नजिकका साथीहरूले समाचार एजेन्सी पीटीआईलाई यो दुर्घटना भएको बताएका छन् ।

शव पोस्टमार्टमका लागि पठाइएको छ । शवलाई बाबा अस्पतालमा राखिएको छ । अनिल अरोरा मर्चेन्ट नेवीमा काम गरेका थिए । उनले रिटार्यरमेन्ट लिएका थिए । बुवाको निधनको खबर आउँदा मलाइका पुणेमा थिइन् । जानकारी पाएलगत्तै उनी मुम्बई पुगिन् ।

अनिलकी श्रीमती एवं मलाइकाकी आमा जोइसले प्रहरीलाई दिएको बयानमा अनिल हरेक दिन बिहान बालकनीमा बसेर पत्रिका पढ्ने गरेको बताएकी छन् । बुधबार (सेप्टेम्बर ११) बिहान बैठक कोठामा अनिलको चप्पल देखेपछि उनी बालकनीमा गइन् । अनिललाई कतै नदेखेपछि उनले तल हेरिन । पहरेदार सहयोगको लागि ठूलो स्वरले चिच्याइरहेको थियो।

अनिललाई कुनै रोग नरहेको जोइसले बताइन । उनको घुँडा चाँही दुखेको थियो । जोइसले आफू र अनिलको वर्षौंअघि सम्बन्धविच्छेद भएको तर दुवै केही वर्षदेखि सँगै बस्दै आएको बताइन् ।

अनिल मर्चेन्ट नेवीमा थिए, २०२३ मा अनिललाई बिमारीका कारण मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि मलाइका की आमा जोइससँग अस्पतालमा देखिएकी थिइन् । तर, उनको उपचारको कारण भने खुल्न सकेको छैन ।

सन् २०२२ को क्रिसमसमा मलाइकाले आमा जोयस, बुबा अनिल अरोरा र बहिनी अमृतासँगको फोटो सेयर गरेकी थिइन् । अनिल पञ्जाबी हिन्दू परिवारका थिए। उनी मर्चेन्ट नेभीमा कार्यरत थिए । उनको विवाह जोयस पोलिकर्पसँग भएको थियो। विवाह पछि, अनिल–जोयस दुई छोरीका आमाबाबु बने, जसको नाम मलाइका र अमृता अरोरा हो। विवाहको केही वर्षपछि अनिल–जोयसको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेद पछि, छोरीहरूको जिम्मा जोयसलाई दिइएको थियो।

प्रतिक्रिया