नेपाल एयरलाइन्समा नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु : मन्त्री पाण्डे

काठमाडौं,२५ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताउनु भएको छ।
सोमबार नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी दीपकराज जोशीको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो। मन्त्री पाण्डेले भन्नू भयो, संस्कृति,पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ हुन् । नेपाल एयरलाइन्स सुधारको बाटोमा जान जरूरी छ। म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन। अब नीतिगत हस्तक्षेपको बाटोमा लैजान चाहान्छु ।
उहाँले मन्त्रालयकोबारेमा सम्पूर्ण विषय बुझिसकेकाले रिफर्मको बाटोमा अघि बढ्ने बताउनु भयो। मन्त्री पाण्डेले मन्त्रालयमा प्लेन चलाईदिन भनेर डेलिकेसन आउने गरेका बताउँदै प्लेन नचल्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्ता भएको दृष्टान्त सुनाउनु भयो।उहाँले नागरिक उड्डयन क्षेत्र सुरक्षित हुने कुरामा कुनै दुविधा नलिन समेत विश्वास दिलाउनु भएको छ।