३१ भाद्र २०८१, सोमबार | September 17, 2024

अमेरिका र बेलायतको गुप्तचर प्रमुखले किन देखे विश्व व्यवस्थामा खतरा


September 7, 2024
415
Shares

एजेन्सी, २२ भाद्र । अमेरिका र बेलायतका गुप्तचर प्रमुखहरु सायदै बोल्छन् । उनीहरुको सार्वजनिक अभिव्यक्ति त झन् कमैमात्र दिन्छन् । यसपटक अमेरिका र बेलायतका गुप्तचर निकायका प्रमुखहरुले एकसाथ सार्वजनिक वक्तव्य जारी गरेका छन् । उनीहरुले विश्व व्यवस्थामा खतरा आएको भनेका छन् ।

रुसले युक्रेनमाथि हमला गर्नु र इजरायलको हमाससँग युद्ध चल्नुलाई गुप्तचर प्रमुखहरुले गम्भीर रुपमा लिएका छन् ।

सीआइएका निर्देशक विलियम्स बर्न र एमआई सिक्सका प्रमुख रिचार्ड मुरेले गाजामा युद्धविराममा जोड दिएका छन् ।

फाइनान्सियल टाइम्समा संयुक्त विचार प्रकाशित गरी धेरै पेलिस्टिाइनी सर्वसाधारणको जीवन रक्षा र हमासले बन्धक बनाएकाहरु रिहाईका लागि इजरायल र हमासबीचको युद्ध रोकिनुपर्नेमा जोड दिएका छन् ।

दुवै गुप्तचर प्रमुखहरुले शितयुद्ध पछि विश्व व्यवस्थामा खतरा आएको समेत उल्लेख गरेका छन् । अमेरिका र बेलायत युक्रेनमाथि पुटिनको आक्रमणविरुद्ध एकजुट रहेको समेत लेखेका छन् ।

प्रतिक्रिया