३१ भाद्र २०८१, सोमबार | September 16, 2024

रोनाल्डोको ९००औं गोल


September 6, 2024
498
Shares

एजेन्सी, २१ भाद्र । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ९००औं गोल गरेका छन् । उनले क्रोएशियाविरुद्धको खेलमा गरेको गोल ९००औं पुगेको छ ।

रोनाल्डोले पोर्चुगलका लागि १३१औं गोल पूरा गरे । उनी देशका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

रोनाल्डो अझै केह िवर्ष फुटबल खेल्ने सम्भावना छ । यसकारण उनी हजार गोल गर्ने किर्तिमान राख्न सक्छन् ।

रोनाल्डोले क्लब फुटबलमा लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १४५, रियल म्याड्रिडबाट ४५०, युभेन्टसबाट १०१ र अल नासरबाट ६८ गोल गरिसकेका छन् । ३९ वर्षीय रोनाल्डो अझै लयमा छन् ।

फुटलबमा टेक्निक, स्पिड र पावर तीनैमा दमदान रोनाल्डो विश्वका महँगा खेलाडीमध्येका हुन् ।

प्रतिक्रिया