३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सदस्यता बिस्तार गर्दै जय नेपाल इन्टरनेसनल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न


September 4, 2024
415
Shares

अमेरिका, १९ भदौं । जय नेपाल इन्टरनेसनल फाउन्डेसनको विस्कान्सन च्याप्टरले सेप्टेम्बर १ मा आयोजना गरेको टाउन हल बैठक सदस्यता बिस्तार सँगै समितिलाई कार्ययोजना बनाएर अघि बढाउने निर्णय गर्दै सम्पन्न भएको छ। टाउन हाल बैठकको क्रममा ४३ जनाले आजीवन सदस्यता लिगेका थिए।

आजीवन सदस्यता वितरण कार्यक्रमको संयोजन रामजी मरासिनी र केन्द्रीय कोषाध्यक्ष गोविन्द श्रेष्ठले गरेका थिए । विस्कान्सन राज्यको एप्पलटन शहरमा बसेको बैठकले विगतका कामको समीक्षा गर्दै आगामी दिनमा संगठन बिस्तारको कार्यमा लाग्ने निर्णय गरेको छ।

प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने नेपालीहरूको साझा भावनाबाट आफू रहेको समुदाय र नेपालको विकासमा टेवा पुर्‍याउने उद्देश्यले संस्थाको स्थापना भएको हुँदा सबैलाई यस उद्देश्य पूर्तिको लागि हातेमालो गर्दै अगाडी बढ्नको लागि संस्थामा जोडिनको लागि प्रमुख अतिथि केन्द्रीय अध्यक्ष डा यादव पण्डितले आव्हान गर्नु भयो। सदस्यता लिनको लागि संस्थाको वेबपेजमा आफ्नो विवरण भरेर लिन सकिने ब्यबस्था रहेको अध्यक्ष डा पण्डितले बताउनु भयो।

बैठकमा विशिष्ट अतिथि तथा एनआरएनए एनसीसी अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धि सागर सुवेदीको उपस्थिति थियो । एनआरएन एनसीसी अमेरिकाका युवा उपाध्यक्ष अनुप खनाल, बोर्ड सदस्य दुर्गा तिवारी, एनसीसी अमेरिकाका निर्वाचन आयुक्त टुक प्रसाद रेग्मी, च्याप्टर अध्यक्ष राज कुमार हमाल, हरि बहादुर अधिकारी तथा पूर्व अध्यक्ष हरि राज खनाल , समाजसेवीहरू हरिहर पौडेल, दिनेश तिवारी, हेमलाल देवकोटा, राजेन्द्रमणी भण्डारी, यम नारायण लामिछाने लगायतको उपस्थिति थियो ।

नेपाल र आफू रहेको समुदाय विकासको लागि विस्कान्सनवासीहरुले जय नेपाल इन्टरनेसनल फाउन्डेसनमा उत्साहपूर्वक जोडिएर यस अभियानलाई अझ व्यापक बनाउन ऊर्जा प्राप्त भएको केन्द्रीय प्रवक्ता लाल काफ्ले बताए।

विस्कान्सन च्याप्टरका महासचिव जीवन भण्डारीले संचालन गरेको कार्यक्रमको अध्यक्षता च्याप्टरका अध्यक्ष प्रशान्त बन्जाडेले गरेका थिए भने सम्पूर्ण सहभागीलाई उपाध्यक्ष शिव चपाईँ ‘विन्दु ’ ले स्वागत गरेका थिए ।

संस्थाका गतिविधिलाई गति प्रदान गर्नको लागि बद्री नेपालको अध्यक्षतामा नेपाल शाखा स्थापना भै सातै प्रदेश र जिल्ला कमिटीहरू गठन भै कार्य संचालन भइरहेका छन् भने डा.नीरज श्रेष्ठको संयोजकत्वमा नलेज नेटवर्क गठन भै वेबिनारहरू संचालन गरिरहेको छ। आगामी दिनमा यसलाई अझ व्यापक बनाउनको लागि युवा लगायत अन्य विभागहरूको गठन गर्ने तयारी संस्थाले गरेको छ ।

प्रतिक्रिया