३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रीतम बस्नेतले फलफूलका विरुवा रोपेर जन्मदिन मनाए


September 3, 2024
3.6k
Shares

काठमाडौं, १८ भाद्र । त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले फलफूलका विरुवा रोपेर जन्मदिन मनाएका छन् । समाजशास्त्र विभागको तेस्रो सेमेस्टरमा अध्ययनरत प्रीतम बस्नेतले आफ्नो जन्मदिनको अवशरमा वृक्षारोपण गरेका हुन् ।

हिजोआज हाम्रो समाजमा जन्मदिन मनाउने संस्कृति समाज र प्रकृति अनुकुल भन्दा देखासिकी बढी भएको हुदा त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थीले आफ्नो जन्मदिनको दिन कोइरालो , हलुवावेद , अम्बा , जामुन र एभोकाडो जस्ता बिरुवा क्याम्पसको प्राङ्गणमा रोपि क्याम्पस लाई स्वच्छ र हराभरा हुने विश्वासका साथ यो कार्य गरेको बताए ।

कार्यक्रममा बिशेष व्यक्तिको रुपमा समाजशास्त्र केन्द्रीय विभागका प्रमुख पासाङ्ग सेर्पा गुरुको उपस्थितिले वृक्षरोपण अभियान लाई सबै विद्यार्थीले यसरी नै अगाडि बढ्दा राम्रो हुने बताए। फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा वृक्षारोपण तथा अन्य सामाजिक कार्य गर्नु उत्तम रहेको उनको भनाई थियो । पृथ्वीको उत्पत्ति भएदेखि नै रुख, विरुवाको धेरै महत्व भएको हुदा सबै नागरिकले आआफ्नो जन्मदिनको अवशरमा यसरी नै मनाउन आह्वान गरे । वृक्षारोपण कार्यक्रममा समाजशास्त्र विभागका सम्पुर्ण शिक्षक कर्मचारी र विध्यार्थीहरुको समेत पुर्ण सहयोग र समर्थन रहेको थियो।

प्रतिक्रिया