पूर्वराज्यमन्त्री रुपा विक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा सर्वसम्मत
कपिलवस्तु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर ३ बाट पूर्वराज्यमन्त्री रुपा विक केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य पदमा सर्वसम्मत चयन भएकी छन्।
कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत भएको चयन प्रक्रियामा विक दुवै पदमा सर्वसम्मत चयन भएकी हुन्।
विक लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी नेतृ हुन्।
पूर्वराज्यमन्त्रीसमेत रहेकी विकको सर्वसम्मत चयनलाई क्षेत्र नम्बर ३ मा उनको राजनीतिक सक्रियता र संगठनमा रहेको भूमिकाको निरन्तरताका रूपमा हेरिएको छ।
महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा सर्वसम्मत चयन भएपछि विकले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कांग्रेसको नीति, विचार र कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन भूमिका खेल्ने बताएकी छन्।


