३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बालेनको आक्रमणले एमालेका साइबर सेना तितरबितर


September 3, 2024
747
Shares

काठमाडौं, १८ भाद्र । बालेन साह काठमाडौं महानगरपालिकाका मेयर मात्र नभई सेलिब्रिटी समेत बनेका छन् । उनको सामाजिक सञ्जालमा ठूलो संख्यामा फ्यान फलोअर छन् । राजधानीको सडकका यातायातमा पनि उनको तस्बिर टाँस्न थालिएको छ ।

बालेनले पछिल्लो समय एमाले र उसका अध्यक्ष केपी शर्मा ओलीमाथि तारो बनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीमाथि आक्रमण गरिरहेका छन् ।
एमाले सांसद रेखा शर्माको बालश्रमिक काण्डलाई लिएर बालेनले ओलीसमेतलाई मुछेर सोमबार साँझ स्टाटस लेखेर तरंग नै ल्याए । ओलीका साइबर सेना बालेनविरुद्ध लागेपनि तितरबितर भए । बालेनको ठूलै प्रशंशा भयो ।

बालेनले गिरिबन्धु टी स्टेटको जग्गा प्रकरणमा पनि ओलीमाथि सामाजिक सञ्जालबाट आक्रमण गरे । उक्त जग्गा प्रकरणमा अरबौंको भ्रष्टाचार भएको खुलेको थियो जुन ओली मन्त्रिपरिषद्को निर्णयबाट भएको थियो ।

ओलीलाई बालेनको आक्रमणले निकै समस्यामा पारेको छ । उनको जनतामाझ ग्राफ घट्न थालेको छ ।

प्रतिक्रिया