८ आश्विन २०८१, मंगलबार | September 24, 2024

उड्डयन क्षेत्रका नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने विधेयक कानुनमा पुग्यो


August 29, 2024
415
Shares

काठमाडौं,१३ भदौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । सो सहमति पछि विधेयक कानुन, न्याय तथा संसदीय व्यबस्था मन्त्रालय पुगेको छ ।

नागरिक उड्डयन सम्बन्धि मौजुदा ऐनमासेवा प्रदायक र नियामक निकायलाई एउटै भएका कारण यस अघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा त्यसको विरोध हुँदै आएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीपसाद पाण्डेले मन्त्रालय सम्हाले लगतै लामो समयदेखि रोकिँदै आएको उक्त विधेयकलाई प्राथमिकताका साथ अघि बढाउनु भएको थियो । अर्थ मन्त्रालयको सहमतिसँगै कानुन मन्त्रालयबाट सहमति पाए पछि उक्त विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा पेश हुने छ ।

यस विषयमा मन्त्री पाण्डेले पूर्व पर्यटनमन्त्रीहरु र सम्बन्धित सरोकारवालासँग छलफल गर्नुका साथै सर्वसाधारणसँग सुझाव पनि माग्नु भएको थियो ।

प्रतिक्रिया