३ आश्विन २०८१, बिहिबार | September 19, 2024

छानविन समितिले दिएका प्रतिवेदन समीक्षा गर्ने बेला आएको छ : मन्त्री पाण्डे


August 29, 2024
2.2k
Shares

काठमाडौं, भदौ, १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानविन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताउनु भएको छ ।

विहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । उहाँले नेपालको हवाई दुर्घटना् पछि छानविन गर्न बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन रु त्यसबारे समीक्षा गर्नु पर्ने बेला आएको बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नूभयो, छानबिन समिति बन्ने गरेका छन ्। बनेका छानबिन समिति कत्तिको सत्य,तथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ । उहाँले अगाडि भन्नूभयो,यदि दिएका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन उहाँले त्यसबारे सोच्नु पर्ने बेला आएको छ ।

उहाँले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्र प्रतिको विश्वासमा क्षयीकरण भएको बताउनु भयो। मन्त्री पाण्डेले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नु पर्नेमा जोड दिनु भयो।

प्रतिक्रिया