३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ट्रम्पद्वारा राष्ट्रपति चुनिए युक्रेन युद्ध यसै वर्ष अन्त गर्ने दाबी


August 27, 2024
332
Shares

एजेन्सी, ११ भाद्र । अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिदैछ । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिस एक अर्काविरुद्ध आक्रामक बन्दै गएका छन् । दुवैले अमेरिकी जनता र बाह्य सँसारप्रति फरक एजेन्डा प्रस्तुत गरिरहेका छन् ।

ट्रम्पले वर्तमान राष्ट्रपति जो वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध युक्रेन युद्ध फैलाएको आरोप लगाइरहेका छन् । उनले आफू राष्ट्रपति निर्वाचित भएमा यसै वर्षको अन्तसम्ममा युक्रेन युद्ध अन्त गर्ने दाबी गरेका छन् ।

ट्रम्पले रुसी युद्ध कौशलको समेत प्रशंशा गरेका छन् । उनले युक्रेन युद्ध अन्तमा जोड दिइरहेका छन् ।

ट्रम्प रुसी राष्ट्रपति पुटिनप्रति नरम नीति राख्छन् । उनको पुटिनसँग व्यक्तिगत सुमधुर सम्बन्ध पनि छ ।

प्रतिक्रिया