३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मोदीले पाकिस्तानको निम्तो स्वीकार्लान् ?


August 27, 2024
415
Shares

एजेन्सी, ११ भाद्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानले भ्रमणको निम्तो दिएको छ । अक्बोटरमा इस्लामाबादमा हुने सांघाई कोअपरेशन अर्गनाइजेशनको सम्मेलनमा भाग लिनका लागि मोदीलाई निम्तो दिएको हो ।

पाकिस्तानले उक्त अर्गनाइजेशनको सरकार प्रमुखहरुको परिषद्को अध्यक्षका रुपमा सम्मेलन गर्न थालेको हो । उक्त सम्मेलनमा सरकार प्रमुखहरु सहभागी हुन्छन् ।

मोदी इस्लामाबाद जाने सम्भावना नरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । भारतबाट प्रतिनिधित्व को बाट हुने भन्ने चासो छ ।

काजगस्तानमा गत जुलाईमा भएको कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर सहभागी थिए । यसपटक को जान्छ भन्ने चासो छ ।

प्रतिक्रिया