३१ भाद्र २०८१, सोमबार | September 17, 2024

काठमाडौं प्रहरीको भवन उद्घाटन


August 26, 2024
830
Shares

काठमाडौं, १० भाद्र । नेपाल प्रहरीको काठमाडौं जिल्ला परिसर भवनको उद्घाटन भएको छ । भद्रकालीमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको उद्घाटन गरेका हुन् ।

२०७२ सालको भूकम्पमा हनुमानढोकास्थित परिसरको भवन भत्किएपछि टेकुबाट काम भइआएको थियो । सर्वेन्द्र खनाल आइजीपी हुँदा खाद्य संस्थानको १७ रोपनी जग्गाको व्यवस्थापन गरी भवन निर्माणको बजेट विनियोजन भई शिलान्यास भएको थियो ।

काठमाडौं परिसरको कामकाज भद्रकालीबाट असारमै सुरु भएको थियो । उद्घाटनको साइत भने कृष्णाष्टमीमा जुर्यो ।

काठमाडौं परिसरको भवन निकै भव्य र आकर्षक छ । झण्डै १० वर्षपछि राजधानी हेर्ने प्रहरी निकायको भवन औपचारिक रुपमा उद्घाटन भई कामथालनी भएको छ ।

प्रतिक्रिया