३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओली भदौमै भारत जाने


August 25, 2024
332
Shares

काठमाडौं, ९ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने भएका छन् । उनी भदौभित्र नै भारत भ्रमणमा जाने बुझिएको छ ।

भारत भ्रमणको मिति तय नभएपनि तयारी चलिरहेको छ । ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोजमै अमेरिका जाने निश्चित भइसकेको छ । त्यस अघि नै उनी भारत जानेछन् ।

ओली भारत भ्रमणमा जानुअघि परराष्ट्रमन्त्री आरजु राणा भारत गएर फर्किइसकेकी छिन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरिन् ।

ओलीको विगतमा भारतसँग सम्बन्ध चिसिएको थियो । पछिल्लो समय उनले सम्बन्ध सुधार गरिसकेका छन् ।

प्रतिक्रिया