३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मोदीले भेटे जेलेन्स्की, युद्ध रोक्न सक्लान् ?


August 23, 2024
498
Shares

एजेन्सी, ७ भाद्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक भ्रमण गरेका छन् युक्रेनको । रुससँग युद्धमा रहेको युक्रेनमा मोदीको प्रधानमन्त्रीका रुपमा पहिलो भ्रमण मात्र होइन भारतकै प्रधानमन्त्रीको पहिलो भ्रमण हो ।

मोदीले केही हप्ताअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेपछि जेलेन्स्कीलाई भेटेका हुन् । केही घन्टाका लागि भएको भेटमा मोदीले शान्तिमा जोडे दिएका छन् ।

भारतीय सञ्चारमाध्यमले मोदीले जेलेन्स्कीलाई भारत तटस्थ देश नभई शान्तिको पक्षधर भएको बताएका छन् । यो आफैमा अर्थपूर्ण छ । मोदी मध्यस्थकर्ताका रुपमा प्रस्तुत भइरहेका छन् यसपटक ।

मोदीले शान्तिमा जोड दिएबाट यसबारे केही महत्वपूर्ण कुरा भएको बताइन्छ । उनले शान्तिको प्रस्ताव गरेका छन् ।

रुसले भने युक्रेनले अमेरिकी एजेन्डा बोकेको आरोप लगाइरहेको छ । जेलेन्स्कीमाथि अमेरिकाको स्वार्थको दास भएको आरोप लगाएको छ ।

युद्ध युक्रेनले नजित्ने विश्लेषण भइरहेको छ । तर, अमेरिकालगायत नाटो देशको स्वार्थमा युक्रेनले रुसलाई क्षति पुर्याइरहेको छ । युद्ध रोक्ने पहल नभएका होइनन् । तर, गतिलो मध्यस्थकर्ता देखिएका छैनन् । मोदीलाई पुटिनले विश्वास गरेको देखिन्छ । जेलेन्स्कीसँगको वार्तापछि नयाँ घटनाक्रम विकास हुनसक्छ । जसले मोदीको मध्यस्थतामा रुस र युक्रेनबीच युद्ध अन्त गर्न केही न केही माहोल तयार हुनसक्छ ।

प्रतिक्रिया