२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

४ वर्षका २ बालिकामाथि यौन शोषण,विद्यालय र रेलस्टेशन तोडफोड


August 20, 2024
332
Shares

काठमाडौं,४ भदौं । बदलापुरको विद्यालयमा नाबालिग बालिकामाथि भएको यौन शोषणको घटनाबाट आक्रोशित बनेका मानिसहरूले रेलवे स्टेशनमा प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।

कोलकातामा एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएपछि थानेको बदलापुरको एक विद्यालयमा ३ र ४ वर्षका दुई बालिकाको यौन शोषणको घटना बाहिर आएको छ ।

घटनाको जानकारी आएपछि मंगलबार आक्रोशित भीड र प्रहरीबीच झडप भएको थियो । भीडले पहिले विद्यालयमा तोडफोड गरे, त्यसपछि बदलापुर रेलवे स्टेशनमा रेल रोके। प्रहरीले लाठीचार्ज गरेर रेलमार्ग खाली गराएको थियो ।

रेलवे स्टेशनको ट्र्याकमा बिहानैदेखि भीड जम्मा भएको थियो । जसका कारण स्थानीय रेलको आवतजावत ठप्प भएको छ । यसअघि भीडलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेपछि मानिसहरूले ढुंगामुढा गर्न थालेका थिए। घटनामा धेरै जना घाइते भएका छन् ।

२३ वर्षीय आरोपीले गत अगस्ट १६ मा विद्यालयको बाथरुममा बालिकालाई यौन दुर्व्यवहार गरेका थिए । केटीका आमाबुवाले एक दिन पछि (१७ अगस्त) एफआईआर दर्ता गरे।

प्रहरीले पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरी अभियुक्त अक्षय शिन्देलाई पक्राउ गरेको छ । विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र एक महिला कर्मचारीलाई निलम्बन गरिएको छ ।

भारत सरकारले घटनाको छानबिन गर्न एसआईटी गठन गरेको छ । मुद्दा फास्ट ट्रयाक अदालतमा चलाउन भनिएको छ ।

 

प्रतिक्रिया