३१ भाद्र २०८१, सोमबार | September 17, 2024

विद्युत महशुल नतिर्ने उद्दोगको लाइन काट्नु घाँटी काट्नु सरह हो ?


August 17, 2024
498
Shares

काठमाडौं, १ भाद्र । ऊर्जामन्त्री दिपक खड्काले शनिबार हाँस्यास्पद अभिव्यक्ति दिए । विद्युत महशुल नतिर्ने उद्दोगको लाइन काट्नु घाँटी काट्नु सरह हो भने त्यो पनि नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्वसमा ।

प्राधिकरणले महशुल नतिर्ने उद्दोगको लाइन काटेको थियो । त्यसको विपक्षमा छन् मन्त्री खड्का । उल्टै महशुल नतिर्नेलाई प्रोत्साहित गर्ने मन्त्री खड्काको अभिव्यक्ति हाँस्यास्पद मात्र नभई देशको हितमा छैन भन्ने पनि देखिन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उद्दोगीलाई महशुल तिर्न वाध्य गराउन लागेका छन् । विगतमा उनको कदमपछि कतिपय उद्दोगीले महशुल तिर्न पनि थाले । तर, केही उद्दोगी महशुल नतिर्ने बहानाबाजी गरिरहेका छन् । उनीहरु २० अर्ब नतिर्ने दाउमा छन् ।

देशमा कमिशन लिने र महशुल नतिर्ने उद्दोगीलाई प्रोत्साहन गर्ने परिपाठी चलिरहेको छ । यो क्रम लामो समययता चलिरहँदा राज्यलाई दशौं अर्बको नोक्शान परिरहेको छ ।

प्रतिक्रिया