८ आश्विन २०८१, मंगलबार | September 24, 2024

आरक्षणलाई समाज रुपान्तरणमा उपयोग गर्नुपर्नेमा महिला अगुवाको जोड


August 16, 2024
6.6k
Shares

काठमाडौं,३२ साउन । महिला नेतृहरुले आरक्षणले प्रतिनिधित्व सुनिश्चित गरेपनि समाज रुपान्तरणमा भुमिका खेल्न सक्यो कि सकेन भन्ने बिषयमा गम्भिर समिक्षा गर्नुपर्ने निश्कर्ष निकालेका छन् । जय नेपाल फाउण्डेसनले आयोजना गरेको महिला आरक्षण अवसर र कार्यान्वयनमा देखिएको चुनौती बिषयक बैचारिक वहशमा सहभागीहरुले आरक्षण मार्फत जुन समुदायको प्रतिनिधित्व गर्ने हो त्यो समुदायको रुपान्तरण र परिवर्तनका लागि काम गर्न सक्नुपर्नेमा जोड दिदै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा यसलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन ।

बैचारिक वहशमा नेपाली काग्रेसका नेता तथा पूर्व उपसभामुख पुष्पा भुषालले आरक्षणलाई संबैधानिक प्रावधान र प्रतिनिधित्वमा मात्र सिमित नराखि समाजको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरण र प्रगतिमा उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । भुषालले वडादेखि केन्द्रीय समितिसम्म महिला प्रतिनिधित्व वढाउन पार्टीको विधानमा पनि परिवर्तन आवश्यक रहेको वताउनुभयो । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अनिता देवकोटाले राज्यका सबै तहमा महिला सहभागिता वढाउन भएका कानुन कार्यान्वयन गर्ने, नपुगेका कानुन निर्माण गर्ने र अवसर पाएकाहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

यसैगरी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य लक्ष्मी परियारले आरक्षणलाई महिला र दलितसग मात्र जोड्ने प्रचलनले समस्या उत्पन्न भएको उल्लेख गर्दै आरक्षणलाई भागवण्डामा सिमित नगर्न चेतावनी दिनुभयो ।

सांसद तथा नेपाली काग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले आरक्षणकै कारण वंगलादेशमा आजको अबश्था उत्पन्न भएको प्रशंग उल्लेख गर्दै स्वर्थका लागिमात्र आरक्षणको मुद्धा अघि सार्न नहुनेमा जोड दिनुभयो । आरक्षण कहिलेसम्म भन्ने प्रश्न गर्दै गौतमले नैतिकताको खडेरी परेको राजनीतिका कारण समस्या उत्पन्न भएको वताउनुभयो ।

अधिवक्ता तथा नेपाल ल क्याम्पसकी उपप्राध्यापक विण्णु वस्यालले आरक्षणको उद्धेश्य समानता ल्याउनु रहेको वताउदै पटक पटक एउटैले अवसर पाउने पद्धतिलाइ परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । वर्गीय हिसावले सम्रान्तले मात्र आरक्षण पाउने परिपाटी अन्त्य गरि आर्थिक र सामाजिकरुपले पछाडि पारिएका वर्गका लागि आरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा काग्रेस नेतृ निमा गिरीले समावेशी समानुपातिक आरक्षण र सकारात्मक विभेदलाइ फरक फरक रुपमा वुझ्नुपर्ने उल्लेख गर्दै महिलालाइ निर्णय गर्ने तहमा पुर्याउन सक्नुपर्ने वताउनुभयो । अधिवक्ता झुल विकले आरक्षणलाई राजनीतिमा मात्र जोडेर हेर्ने गरिएको भन्दै यसलाइ सिंगो समाजसंग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै आफुले पद पाउदा ठिक नपाउदा वेठिक भन्ने भाष्य परिवर्तन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
राष्टिय सभाकी सांसद विष्णु पुडासैनीले आरक्षणले धेरै अवसर उपलब्ध गराएको भन्दै प्राप्त उपलब्धिको समिक्षा गर्दै दुरदराजका दिदिवहिनीहरुलाइ जागरुक बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उशा मिश्र राउतले निर्णायक तहमा अधिकारका कुरा राख्न सक्नुपर्ने उल्लेख गर्दै सडक र सामाजिक संजालमा आक्रोस पोख्नुको कुनै औचित्य नरहेकोमा जोड दिनुभयो ।
नेपाली कांग्रेसकी नेतृ विष्ष्णुदेवि पाण्डेले आरक्षणकै नाममा पद प्राप्त गरेकाहरुकै गुनासो आइरहने हो भने भुइमान्छेको आवाजको प्रतिनिधित्व कसरी सम्भव होला भन्ने प्रश्न गर्नुभयो । कांग्रेस नेतृ विनिता अधिकारीले आरक्षणवाटै विभिन्न अवसर पाएकाहरुको व्यवहारले यसप्रति वितृष्णा उत्पन्न भएको उल्लेख गर्नुभयो ।

जय नेपाल फाउण्डेसनकी सस्थापक सदस्य विजुला वर्माको संयोजकत्वमा आयोजना गरिएको बैचारिक बहशमा कांग्रेस केन्द्रीय सदस्य गंगा लक्ष्मी अवाल, कांग्रेस वाग्मती प्रदेशको सहमहामन्त्री जीवन डंगोल, मधेश प्रदेश सदस्य रेखा यादव, डा अनिता प्रधान, कल्पना खड्का, ज्ञानु तिमिल्सेना, भगवती काफ्ले, पवित्रा विश्वकर्मा, एलीजा ढकाल, अर्थशास्त्री भावुकराज न्यौपाने, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल लगायतले आरक्षण यसले दिएको अवसर र चुनौतीका बिषयमा आआफ्नो बिचार व्यक्त गनुभएको थियो ।

जय नेपाल फाउण्डेसनले हरेक सुक्रवार विभिन्न विषयमा बैचारिक वहश संचालन गर्दै आइरहेको र यो क्रम अझै केहि समय जारी रहने फाउण्डेसनका संस्थापक सदस्य सचिव विजयराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया