३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड र नेपालबीच छलफल, होला त पार्टी एकीकरण ?


August 16, 2024
498
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का बीचमा पार्टी एकीकरणका लागि छलफल सुरु भएको छ । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकीकरणसहित विभिन्न विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गत शुक्रबार सुरु भई हिजो (बिहीबार) सकिएको छ । बैठकमा पार्टी एकीकरणका ’दयगतमा समेत छलफल भएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा अध्यक्ष प्रचण्डले नेपालसँग छलफल गरेका छन् । पार्टी एकीकरण, समाजवादी मोर्चाको अगामी कार्यक्रम, विपक्षी गठबन्धनलाई बलियो बनाउनेलगायतका विषयमा छलफल भएको छ ।

माओवादी केन्द्र एकीकृत समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी ९आजपा०, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०सहितका पार्टीसँग एकीकरण गर्ने रणनीतिमा छ । विप्लव नेतृत्वको नेकपा, यादव नेतृत्वको नेसपासँग एकीकरण गर्ने विषय सहमतिनजिक छ । तर, एकीकृत समाजवादी र आजपासँगको एकीकरण हुने नहुने कुनै टुंगो छैन ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग मात्रै नभई प्रभु साह नेतृत्वको आजपा, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय नेतृत्वको नेसपासँगसमेत पार्टी एकीकरण गर्ने रणनीतिमा प्रचण्ड

‘माओवादी केन्द्र र विप्लव, महेन्द्रजीहरूसँग एकीकरण गर्ने विषय लगभग सहमतिनजिकै छ, जुनबेला पनि एकता हुनसक्छ, तर एकीकृत समाजवादीसँगको छलफल मात्रै भएको हो, कुनै किसिमको टुंगो लाग्न सकेको छैन, सहमति भए एकीकृत समाजवादीसँग पनि एकीकरण गर्न प्रचण्ड कमरेड तयार नै हुनुहुन्छ,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने, ‘आजपासँग कुनै प्रकारको छलफल त भएको छैन, तर प्रचण्ड कमरेडले आजपासँग पनि एकता गर्न चाहनुभएको छ ।’

माओवादी केन्द्रको सम्पन्न स्थायी कमिटी बैठकले कम्युनिस्ट पार्टीको पुनर्गठन अनिवार्य रहेको निष्कर्ष निकाल्दै एकीकरणका लागि पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पार्टी प्रवक्ता अग्नि सापकोटाले कम्युनिस्ट पार्टीको पुनर्गठन’दयगत बैठकमा घनीभूत छलफल र बहस भएको बताए ।

‘कम्युनिस्ट पार्टीको अनिवार्य आवश्यकता छ यो देशमा, ’अबगकभ नेपाली जनताले कम्युनिस्ट पार्टीलाई मन पराउँछन्, यस कुराको प्रमाण के हो भने २०७४ सालमा जब हामीले गठबन्धन गरेर गयौं, दुई तिहाइ दिए जनताले, फेरि पनि कम्युनिस्ट पार्टीको पुनर्गठन होस् भन्ने नेपाली जनताको चाहना छ,’ प्रवक्ता सापकोटाले भने, ‘त्यस दिशातर्फ छलफल, बहस भइरहेको छ र हामी त्यसमा पहल र प्रयत्न गरिरहन्छौं ।’ आफूहरू सबै पक्षसँग संवादमा रहेको सापकोटाले बताए । ‘माधव नेपालसँग पनि कुरा भएको छ, तपाईंहरूले सुनेको कुरा साँचो हो, कुरा घनिभूत रूपमा अगाडि बढेको छ,’ प्रवक्ता सापकोटाले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरे । यसै’दयगतमा गत सोमबारसमेत छलफल भएको थियो । प्रचण्ड र नेपालका बीचमा निरन्तर छलफल चलिरहेको छ । तर, एकीकृत समाजवादीका नेताहरूले दुई नेताबीच भेटघाट भए पनि पार्टी एकताका ’दयगतमा छलफल नभएको दाबी गरेका छन् ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने ’दयगतमा कुनै किसिमको छलफल नभएको बताए । अहिले पार्टीको १०औं महाधिवेशन भर्खर सम्पन्न भएको छ । केन्द्रीय कमिटीले पूर्णता नपाएको अवस्थामा पार्टी एकता’दयगत गर्न खोजिएको प्रचारमा सत्यता नभएको उनले बताए ।

‘हाम्रो पार्टीको १०औं महाधिवेशन भर्खर सम्पन्न भएको छ, केन्द्रीय कमिटीले पूर्णता पाएको छैन, हामी ९, १० र ११ भदौमा केन्द्रीय कमिटीको बैठक बस्दै छौं, सोही बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता दिँदै पदाधिकारी पनि चयन गरिन्छ,’ नेकपा एसका प्रवक्ता खतिवडाले राजधानीसँग भने, ‘कसैले कुनै किसिमको भ्रम सिर्जना गर्न खोजेको हो भने त्यसमा सत्यता छैन, पार्टीले वाम गठबन्धन गरेर, समाजवादी मोर्चामा मिलेर अगाडि बढ्न खोजेको हो, अहिले हामी आफ्नै पार्टी सबलीकरण गर्दै अगाडि बढ्नेछौं, पार्टी एकताका ’दयगतमा भइरहेको भ्रममा नपरौं ।’

तर, माओवादी प्रवक्ता सापकोटाले दुनियाँलाई आश्चर्यचकित पार्दै एकताबद्ध हुने दाबी गरे । माओवादी बैठकमा समेत यस’दयगतमा धारणा राख्दै प्रचण्डले एकताका ’दयगतमा छलफल भइरहेको बताए । हुन त प्रचण्डले एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन सत्रमै पार्टी एकताका ’दयगतमा छलफल भइरहेको दाबी गरेका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया