३१ भाद्र २०८१, सोमबार | September 17, 2024

स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरे स्वास्थ्यक्षेत्र सुधारका दिर्घकालिन योजना (पुर्णपाठ)


August 11, 2024
4.7k
Shares

काठमाडौं,२७ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका योजना सार्वजनिक गरेका छन् । मन्त्री नियुक्त भएको करिब १ महिनापछि पौडेलले स्वास्थ्य क्षेत्रका दिर्घकालिन योजना सार्वजनिक गरेका हुन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य बीमा र स्नायु रोगको उपचार केन्द्र स्थापनालगायतका अन्य योजनाहरु अघि सारेका हुन् ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायर बढाउने बताएका छन् । १ लाखबाट अब ५ लाख पुराउने जनमुखी योजना प्रस्ताव गरेका छन्। देश र जनताको लागि केही नयाँ काम गरेर देखाउने हुटहुटी भएका मन्त्री पौडेलले राजधानीमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र चाडै नै स्थापना गरिने बताए । आमा सुरक्षा कार्यक्रम,निशुल्क उपचारका सबै काम र विपन्न नागरिक औषधी उपचार लगायत सबै कार्यक्रमलाई एकीकृत गरेर बीमामा जोड्ने मन्त्रीको पौडेलको योजना छ ।

मन्त्री पौडेलले सार्वजनिक गरेको दिर्घकालिन योजनाको पुर्णपाठ

प्रतिक्रिया