३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कानुन विद्यार्थी सम्मेलन


August 10, 2024
415
Shares

पोखरा, २६ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दोश्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन पोखरामा भइरहेको छ । देशभरका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा कानुन विषय अध्ययनरत विद्यार्थीहरूको सहभागीतामा पोखरामा दोश्रो राष्ट्रिय कानुन विद्यार्थी सम्मेलनको आयोजना गरिएको विद्यार्थी परिषद्ले जनाएको छ ।

२५ र २६ साउनसम्म चल्ने सम्मेलनको उद्घाटन शुक्रबार नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले गरेका थिए । अध्यक्ष घिमिरेले दक्षिण एसियामै नेपाल कानुनी क्षेत्रमा अग्रस्थानमा रहेको दाबी गरे ।

शुक्रबारबाट पोखराको साइमन पार्टी प्यालेसमा जारी सम्मेलनमा देशभरबाट कानुन पढाई हुने १० वटै विश्वविद्यालयका ८५ जना भन्दाबढी विद्यार्थीहरू सहभागी भएको परिषद् गण्डकी प्रदेश सचिव दिप्सन गुरुङले जानकारी दिएका छन् ।

प्रतिक्रिया