३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्र्टनसीप गर्न नदिए आन्दोलन गर्ने चेतावनी


415
Shares

काठमाडौं, २० साउन । नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशले नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्नेसहित विभिन्न ५ बुँदे माग राख्दै सरकारको ध्यानाकार्षण गराएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मागहरु सार्वजनिक गरिएको हो ।

इन्टर्नसीप सम्बन्धी ऐन संशोधन गरी अवस्था र आवश्यकताअनुसार बंगलादेश अथवा नेपालमै १ वर्षे इन्टर्नसीप गर्न पाउनुपर्ने उनीहरुको पहिलो माग छ । नेपालमै इन्टर्नसीपको व्यवस्था गरेमा दक्ष युवा जनशक्ति विदेश पलायनबाट रोक्न सकिने एशोसिएशनको सुझाव छ ।

त्यस्तै, नेपाल मेडिकल काउन्सिलले बंगलादेशका मेडिकल कलेजहरुमा नेपाली विद्यार्थीहरु अध्ययन गर्नका निम्ति मापदण्ड तोकिनु पर्ने, मापदण्डविपरीत रहेका कलेजहरुलाई कालो सूचीमा राख्नुपर्ने, विद्यार्थी र अभिावकलाई ठग्ने कन्सल्टेन्सी एवं एजेन्टहरुलाई कारबाही गरिनुपर्ने उनीहरुको माग छ ।

साथै, मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षाका निम्ति छ महिना इन्र्टनसीप गर्नैपर्ने व्यवस्था संशोधन हुनुपर्ने, काउन्सिलले लिने लाइसेन्स परीक्षा न्यायिक एवं व्यवस्थित हुनुपर्ने र परीक्षाको प्रश्नपत्रमा एकरुपता हुनुपर्ने एशोसिएशनको माग छ ।

नेप्लिज मेडिकल स्टुडेन्ट्स एशोसिएशन बंगलादेशका अध्यक्ष डा.नवीन यादवले आफूहरुको माग सम्बोधन गर्ने सन्दर्भमा सरकार संवेदनशील नदेखिए चररणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाइने बताए । कोटा प्रणालीको विरोधमा बंगलादेशमा भएको आन्दोलनका कारण आफूहरु नेपाल फर्किन बाध्य भएको उनले सुनाए ।
बंगलादेशमा पढ्दैगर्दा आफूहरुले भोगेका समस्या र समग्र चिकित्सा क्षेत्रको सुधारका लागि आफूहरुले यी मागहरु अगाडि सारेको उनले बताए । अध्ययन पूरा गरेर अहिले आफू इन्टर्नसीपमै रहेको बताउँदै उनले केही समयअघि नेपालमै इन्र्टनसीप गर्न पाउनुपर्ने माग गर्दै मेडिकल काउन्सिलमा जाँदा अपमानित हुनुपरेको बताए ।
त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले देशको मेडिकल शिक्षाको सन्दर्भमा पर्याप्त बहस नै नभएको बताए । यस विषयमा नेपाली पत्रकारिता जगत पनि चुकेको उनको भनाइ छ ।

त्यस्तै, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी स्तुती कार्कील सरकारले इन्टर्नसीप नेपालमै गर्न दिएर नेपालको सिस्टम बुझ्ने अवसर दिनुपर्ने बताईन् । ‘हामीले उहाँ इन्टर्नसीप गर्दा उतैको औषधीको नाम सिक्नुपर्छ । जुन कुरा यहाँ आएर हामीलाई नेपालमा कुनै पनि काम लाग्दैन । हामीले यहाँ नेपालमा आएर नेपालकै औषधीहरुको नाम सिक्यौंभने छिटै मेडिकल सिस्टमलाई पनि बुझ्नसक्छौं,’– उनले भनिन् ।

साथै, बंगलादेशमा चर्किरहेको आन्दोलनका कारण आफूहरुको पढाइ प्रभावित भएको उनले सुनाईन् । अहिले पाँच वटा प्रोफेस्नल परीक्षा र इन्र्टनसीप गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले अब इन्टर्नसीप चाहीँ नेपालबाटै गर्न पाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया