दोस्रोपटक सुदुरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

काठमाडौं,२० साउन । नेपाली कांग्रेसका नेता कमलबहादुर शाह सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा शाहले दाबी पेस गरेका हुन् ।
शाह दोस्रोपटक सुदुरपश्चिमको प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी गत २०७९ माघ मा पहिलो पटक मुख्यमन्त्रीमा नियुक्त भएका २२ चैत्रमा राजनीतिक समिकरण फेरिएपछि राजीनामा दिएका थिए ।
उनी सुदुरपश्चिमका पाँचौं मुख्यमन्त्री बनेका हुन् । प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदुरपश्चिमको मुख्यमन्त्री भएका थिए ।
२०७९ मंसिरको चुनावबाट गठन भएको प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र नेकपा एसका एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए ।