तीन राज्यमन्त्री कुन कुन दलका

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा तीन राज्यमन्त्री थपिएका छन् । थपिनेमा तीन फरक दलका छन् ।
नियुक्त भएका राज्यमन्त्रीहरुमा एमालेबाट पूर्णबहादुर तामाङ ऊर्जा, काँग्रेसबाट रुपा विक वन र नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी पर्यटन छन् ।
चौधरी राज्यमन्त्री बनेलगत्तै नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी भएको छ ।