३१ भाद्र २०८१, सोमबार | September 17, 2024

अख्तियारले डामेका मरासिनीसहित २१ सचिवको सरुवाले तरंग


1.3k
Shares

काठमाडौं, १५ साउन । कर्मचारीवृत्तमा तरंग नै ल्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सचिवको सरुवा गराएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठक बसी सचिवको सरुवा गर्दा अख्तियारले डामेका मधु मरासिनी पनि परे ।

सेटिङमा विशेष अदालतबाट फैसला छिटो गर्न लगाएर अख्तियारले हालेको मुद्दा जितेका मरासिनी अघिल्लो सरकारको पालामा अर्थ मन्त्रालयमा पुगेका थिए । उनी अर्थमा पुगेपछि सरकारको आलोचना समेत भएको थियो । ओली सरकारले मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ ।

अर्थ सचिवमा राजश्व सचिव रामप्रसाद घिमिरेको सरुवा भएको छ । राजश्वमा दिनेशकुमार घिमिरे लगिएका छन् । सञ्चार सचिवमा राधिका अर्याल लगिएकी छिन् ।

गृहमा एकनारायण अर्याल यथावत रहे । श्रम मन्त्रालयमा मुकुन्द निरौला, सामान्य प्रशासनमा भरतमणि सुवेदी, अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था, गोकर्णमणि दुवाडी तथ्यांक कार्यालय, रामेश्वर दंगाल रक्षा सचिव, प्रमिलादेवी बज्राचार्य खानेपानी, नेपाल ट्रष्टमा रामआधार साहको सरुवा भएको छ ।

सञ्चार सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन, मधुसुदन बुर्लाकोटी वाणिज्य र नारायणप्रसाद दुवाडी प्रधानमन्त्री कार्यालयमा लगिएका छन् ।

लेकसेवा आयोगमा डिल्लीराम शर्मा, प्रधानमन्त्री कार्यालयमा राजकुमार श्रेष्ठ र अख्तियारमा घनश्याम उपाध्यायलाई सरुवा गरिएको छ ।

प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौलाले महिला सचिवहरुलाई आकर्षक मन्त्रालयमा सरुवा गराउन सफल भएकी छिन् ।

प्रतिक्रिया